Madhes Khabar
राजनीति

माधव नेपाल रौतहट १ बाट चुनाव लड्ने

मधेसखबर

वीरगन्ज,३१ साउन :नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आउँदो प्रतिनिधिसभा निर्वाचनमा रौतहट–१ बाट चुनाव लड्ने भएका छन् ।

गृह जिल्लाबाटै चुनाव लड्ने चाहना र रौतहट सुरक्षित पनि भएकाले नेपालले रौतहटबाट चुनाव लड्ने योजना बनाएको उनको निजी सचिवालयले जनाएको छ ।

२०७४ को प्रतिनिधिसभा चुनावमा नेपालले रौतहट छोडेर काठमाडौं–२ बाट चुनाव लडेका थिए । तर स्थानीय तह निर्वाचनको परिणामले काठमाडौं–२ भन्दा रौतहट–१ सुरक्षित हुने देखिएपछि नेपाल चुनाव लड्न रौतहट नै फर्किने मनस्थितिमा पुगेको उनी निकट एक नेताले बताए ।

गत स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीले गौरसहित चारवटा पालिका जितेको थियो ।

स्थानीय तह निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ मा वडाको मत हेर्दा एकीकृत समाजवादीले सबैभन्दा धेरै १९ हजार ६९८ मत पाएको छ ।

१६ हजार ९२८ मत सहित कांग्रेस दोस्रो हुँदा लोसपाको मत १२ हजार ६२ छ । जसपाको ८ हजार २४१ र माओवादी केन्द्रको ८ हजार १९१ मत छ । नेकपा एमालेले वडामा पाएको मत ७ हजार ३८५ छ ।
२०७० को निर्वाचनमा रौतहट र काठमाडौंबाट प्रतिष्पर्धा गरेर दुबै ठाउँमा चुनाव जितेका नेपालले २०६४ मा भने दुबै निर्वाचन क्षेत्रमा हार व्यहोरेका थिए । त्यसअघिका चुनावमा भने नेपाल रौतहटबाटै प्रतिस्पर्धा गर्दै आइरहेका थिए ।

Related posts

जसपाले बाबुरामलाइ हटाएर अशोक राइलाइ बनायो संघीय परिषद अध्यक्ष

MadhesKhabar

पार्टीको नीति विपरित गतिविधि गर्नेलाई कारबाही गर्ने एमाले पर्साका अध्यक्ष शर्माको चेतावनी

MadhesKhabar

केन्द्रदेखि मधेससम्म उपेन्द्र यादवलाई सत्ता बाहिर राख्ने राणनीतिमा सीके राउत

MadhesKhabar

Leave a Comment