Madhes Khabar
राजनीति

जसपाले बाबुरामलाइ हटाएर अशोक राइलाइ बनायो संघीय परिषद अध्यक्ष

मधेसखबर
वीरगन्ज ,३० असार : जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषदको अध्यक्ष अशोक राइ बनेका छन् ।

वीरगन्जमा बसेको अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रिय समिति बैठकले बिहीबार यसअघिका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराइलाइ पदमुक्त गरेर उक्त पदमा पार्टीका वरिष्ठ नेता राइलाइ मनोनित गर्ने निर्णय गरेको हो ।

यसअघि बिहीबार नै बैठकले संघीय परिषद अध्यक्ष भट्टराइ सहित ९ जना नेताहरुलाइ कारबाही गरि पदमुक्त गर्ने निर्णय गरेको थियो ।बैठकले संघीय परिषद अध्यक्ष भटटराइका साथै केन्द्रिय कार्यकारीणी सदस्यहरु महेन्द्र राय यादव , हिसिला यमी , दुर्गा शेर्पा ,प्रशान्त सिंह , गंगा श्रेष्ठ , रमेश यादव , दान बहादुर चौधरी र भक्त बहादुर शाहलाइ कारबाही गर्दै पार्टीको पदीय जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो ।

पार्टी विरोधी गतिविधीमा लागेको भन्दै भट्टराइ र उनको पक्षमा लागेका कार्यकारीणी सदस्यहरु महेन्द्र राय यादव , हिसिला यमी , दुर्गा शेर्पा ,प्रशान्त सिंह , गंगा श्रेष्ठ , रमेश यादव , दान बहादुर चौधरी र भक्त बहादुर शाहलाइ जसपाले कारबाही गर्दै पार्टीको पदीय जिम्मेवारीबाट मुक्त गरेको हो ।

वीरगन्जमा दुइ दिन सम्म चलेको अध्यक्ष यादव पक्षको बैठकले गरेका निर्णयहरु शुक्रबार बिहान वीरगन्जमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने पार्टीका केन्द्रिय सदस्य समेत रहेका वन तथा वातावरण मन्त्री प्रदीप यादवले बताए ।उनले भने ,‘ दुइ दिनको बैठकले निक्कै कठोर र महत्वपूर्ण निर्णयहरु गरेको छ , शुक्रबार वीरगन्जमै शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नु हुनेछ ।

Related posts

अहिलेको संविधान मधेसी जनताले बनाएको संविधान होइन : मुख्यमन्त्री यादव

MadhesKhabar

जसपा–एमाले गठबन्धन मधेसीको हितमा छ : जसपा सचिव तबरेज अहमद

MadhesKhabar

सरकार भ्रष्ट भयो ,जनता जुनसुकै बेला विद्रोहमा उत्रन सक्छन् : उपेन्द्र यादव

MadhesKhabar

Leave a Comment