Madhes Khabar
राजनीति

पर्सा २ मा अजय चौरसिया र श्याम पेटलको लोकप्रियता बढ्दै

मधेसखबर
वीरगन्ज,११ कार्तिक : पर्साको निर्वाचन क्षेत्र नम्बर २ का नेपाली काँग्रेसबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार अजय चौरसिया र प्रदेश सभा सदस्य (क) का उम्मेदवार श्याम पटेलले निरन्तर घरदैलो गरेर मतदातालाई भेट्दै काँग्रेसलाई विजयी बनाउन आग्रह गरिरहेका छन् ।
असोज २३ गते मनोनयन दर्ता गरेको दिन देखि नै चुनावी प्रचार प्रसारमा लागेका सत्ता गठबन्धनका समेत उम्मेदवार रहेका चौरसिया र पटेल घरदैलो कार्यक्रममा पुग्दा मतदाताले पनि अपार समर्थन जनाइरहेका छन् । यसैक्रममा पर्सागढी नगरपालिकामा वडा नम्बर ६ चैनपुरमा पनि चुनावी घरदैलोका क्रममा त्यहाका मतदाताले चौरसिया र पटेललाई स्वस्फूर्त रुपमा स्वागत गर्दै आफनो मत काँग्रेसलाई नै पर्ने बताए ।
त्यहाका मतदाताहरुले यसपालि आफुहरुले दल र उम्मेदवारको अनुहार नहेरी काम गर्ने र जनताको दुखसुखमा साथ दिने उम्मेदवारलाई मत हाल्ने बताए ।
घरदैलो कार्यक्रममा पर्सागढी नगरपालिकाका पुर्व मेयर लोकनारायण यादव, वडा नम्बर ६ का पुर्व वडा अध्यक्ष किशोरी यादव, वडा नंबर ७ का बुथसभापति शम्भु पटेल, अर्जुन गिरी, अर्जुन साह, काशी यादव,धनन्जय साह तेली, नगिना पटेल, महन्थ यादव, बिनोद यादव लगायतको पनि सहभागीता थियो ।

 

Related posts

पर्सा–३ मा कांग्रेसका चौधरीलाई जिताउने पकहाँ मैनपुरका जनप्रतिनिधिहरुको सामुहिक प्रतिबद्धता

MadhesKhabar

राजेशमान र इम्तियाजको संयुक्त चुनावी घोषणापत्र – विगतमा भ्रष्टाचार गरेकालाइ कार्वाही गर्ने , करको दर घटाउने

MadhesKhabar

बारामा नेविसंघको समानान्तर समिति गठन

MadhesKhabar

Leave a Comment