Madhes Khabar
राजनीति

राजेशमान र इम्तियाजको संयुक्त चुनावी घोषणापत्र – विगतमा भ्रष्टाचार गरेकालाइ कार्वाही गर्ने , करको दर घटाउने

मधेसखबर
वीरगन्ज , २३ बैशाख
:बैशाख ३० को निर्वाचनलाइ लक्षित गरि सत्तागबठन्धनले वीरगन्ज महानगरपालिकाको लागि चुनावी घोषणापत्र सार्वजनिक गरको छ ।
महानगरको मेयर र उपमेयर पदमा मात्रै सत्तारुढ पाँच दलले गठबन्धनका गरेका छन् । मेयरमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान र उपमेयरमा नेपाली काँग्रेसका इम्तियाज आलम उम्मेदवार छन् ।
वीरगन्जमा शुक्रबार पत्रकार सम्मेलन गरेर सत्तारुढ पाच दलले गठबन्धनका उम्मेदवारहरुको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
साझा प्रतिबद्धता शीर्षक दिइएको गठबन्धनको चुनावी घोषणापत्रमा , विगतको नेतृत्वले गरेका अनियमितताको छानबिन गरि कार्वाही गर्ने देखि लिएर भ्रष्टाचार सम्बन्धी गुनासो सुन्न मेयरको प्रत्यक्ष निगरानीमा हेल्पलाईनको व्यवस्था गर्ने सम्मका वाचाहरु गरिएका छन् ।
गठबन्धनको घोषणपत्रमा सुशासनलाई पहिलो प्राथमिकतामा राखेर महानगर विगतको नेतृत्वबाट भएका कामकारवाहीको छानविन गरी कानूनअनुसार कारवाही गरिने उल्लेख छ ।महानगरले अहिले लिदै आएको सम्पूर्ण करको पुनरावलोकन गर्दै करको दर घटाइने र दायरा बढाइने वाचा पनि गठबन्धनले गरेको छ ।
गरिब तथा विपन्न नागरिकको बिजुली र पानीको न्यूनतम शुल्क महानगरले व्यहोर्ने , महानगरमा व्यवसाय गरिरहेका विदेशी र स्वदेशी नागरिकलाइ ‘डिजीटल आईडेन्टिफिकेसन’ कार्ड उपलब्ध गराउने, फोहरमैला व्यवस्थापन, नाला सफाइ र लामखुट्टे नियन्त्रण गर्न एक महिने ‘सरसफाइ घरदैलो अभियान’ चलाइने प्रतिबद्धता गठबन्धले गरेको छ ।
नयाँ घरको नक्सा पास गर्दा १ घर बराबर कम्तीमा २ बिरुवा अनिवार्य रुपमा हुर्काउनैपर्ने नियम पनि लागू गरिने ,फुट पाथ’ व्यवस्थापन गरिने, महानगरलाइ ध्वनि प्रदूषणमुक्त बनाउने , ‘सबैका लागि सुलभ शिक्षा’ का लागि विद्यालय भर्ना अभियान चलाइने , सरकारी विद्यालयका बेथिती अन्त्य गर्ने , वीरगञ्ज विश्वविद्यालय निर्माणका लागि यसअघि नै उठेको रकमको खोजी गरी यथाशीघ्र विश्वविद्यालय निर्माणको काम अघि बढाउन पहल गरिने बुदा पनि गठबन्धनको घोषणपत्रमा उल्लेख छ ।


प्रत्येक वडामा एकजना स्वास्थ्य सहायक, नर्स र बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी स्थापना गरिने , ,वीरगन्जलाई मेडिकल हबको रुपमा विकास गरिने , चक्रपथ निर्माण गरी वीरगन्जको ३२ वटै वडालाई सडक सञ्जालमा जोडिने ,घण्टाघर चोकमा ट्राफिक व्यवस्थापन गर्न ओभर ब्रिज निर्माण गरिने गठबन्धनले प्रतिबद्धता जनाएको छ ।
छोरीहरूलाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षाको संरचना विकास गर्दै गरीब तथा विपन्न परिवारका छोरीहरूलाई निशुल्क प्राविधिक शिक्षाको व्यवस्था गरिने , महिलालाई पुरुष समान ज्याला उपलब्ध गराउन अभियान चलाइने , खाना पकाउन दाउराको चुल्हो प्रयोग गर्ने परिवारका लागि निःशुल्क ग्यास चुल्हो वितरण गरिने , ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्था गरिने पनि गठबन्धनले जनाएको छ ।
कृषियोग्य जग्गामा मालपोत बाहेकको कर हटाइने , राष्ट्रियस्तरको खेलकुद प्रशिक्षण संस्थान स्थापना गरिने ,कमजोर आर्थिक अवस्थाका ज्येष्ठ नागरिकका लागि धार्मिक आस्थाअनुसार तिर्थ यात्रा, हज यात्रा तथा अन्य धार्मिक भ्रमणको व्यवस्था गरिने पनि चुनावी घोषणापत्रमा उल्लेख छ ।
चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा गठबन्धनका मेयर उम्मेदवार राजेशमान सिंह , उमेयरका उम्मेदवार इम्तियाज आलम , नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री , जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव , जसपा नेता एंव सांसद प्रदीप यादव , नेकमा मओवादी केन्द्र पर्साका संयोजक रामदरश कुशवाहा , नेकपा एकिकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापा लगायतको पनि सहभागीता थियो ।

Related posts

संसदको कार्यव्यवस्था परामर्श समितिमा प्रदीप यादव र अजय चौरसिया मनोनित

MadhesKhabar

अब वर्षाको समयमा पनि मेलम्चीको पानी बन्द हुने छैन : मन्त्री यादव

MadhesKhabar

जसपा र जसपा नेपालबीच भयो पार्टी एकता

MadhesKhabar

Leave a Comment