Madhes Khabar
राजनीति

पर्सा २ का राप्रपा उम्मेदवार साह भन्छन् : राप्रपाले जिते हिन्दु राष्ट्र घोषणा र संघीयता खारेज

मधेसखबर
वीरगन्ज, १७ कार्तिक : पर्सा क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार नरेश कुमार साहले मतदातसंगको भेटघाटलाई तिब्र पार्दै हिन्दु राष्ट्र र राजसंस्थाको पक्षधर राप्रपालाई मतदान गर्न आग्रह गरेका छन् ।

बिहीबार अपरान्ह पर्सागढी नगरपालिका वडा नम्बर ५ मा चुनावी घरदैलो गर्दै साहले जबरजस्ति लादिएको धर्मनिरपेक्षता , संघीयता र गणतन्त्रका कारण नै मुलुक अहिलेको दुर्दशामा पुगेकाले यी तीन वटै खारेज हुनु पर्ने माग राप्रपाको रहेको बताए ।हिन्दु राष्ट्र र राजतन्त्रको स्थापनाका साथै संघीयताको खारेजी नै राप्रपाको मुख्य एजेण्डा भएकाले राप्रपा प्रति देशभर नै जनलहर बढ्दै गएको उनले जिकिर गरे ।

राप्रपालाइ अत्याधिक मत दिएर विजयी बनाउन मतदातालाई आग्रह गर्दै साहले राप्रपाले जिते पहिलो काम नै हिन्दु राष्ट्रको स्थापना र संघीयता खारेज गर्ने बताए ।चुनावी घरदैलो कार्यक्रममा राप्रपाका युवा नेताहरु प्रशान्त दुबे , विराज यादवका साथै स्थानीय अगुवाहरु पनि सहभागी थिए ।

Related posts

जेनजीको नयाँ दल खोल्ने घोषणा गरेका मिराज ढुंगानाले भने : हाम्रो बटमलाइन पूरा नगरेसम्म चुनावमा भाग लिँदैनौँ

MadhesKhabar

सत्ता गठबन्धनको बैठक स्थगित , जसपा र एमाले बिच आजै राति सहमति हुने सम्भावना

MadhesKhabar

रास्वपाले ४ मन्त्रालय पाउने, रवि लामिछाने गृहमन्त्री बन्दै

MadhesKhabar

Leave a Comment