Madhes Khabar
राजनीति

शेखर समुहका नेताको नाम बन्दसूचीमा समेटेपछि कांग्रेस भित्रको विवाद अन्त्य

मधेसखबर
वीरगन्ज,१६ असोज : समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर नेपाली कांग्रेस भित्र देखिएको विवाद तत्कालका लागि अन्त्य भएको छ ।

सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आइतवार बिहान बसेको शीर्ष नेताहरूको बैठकले शेखर कोइराला पक्षलाई पनि सम्मानजनक स्थान दिने निर्णय गरेपछि विवाद समाप्त भएको हो ।

विवाद सकिएपछि नेपाली कांग्रेसले समानुपातिकतर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव तथा राष्ट्रिय सभा सांसद कृष्णप्रसाद पौडेलले संशोधित बन्दसूची आयोगमा बुझाएको जानकारी दिए । बन्दसूची संशोधन गर्ने आज (आइतबार) अन्तिम दिन भएकाले शनिवार राति अबेरसम्म शीर्ष नेताहरूले सहमतिको खोजी गरेका थिए ।

शेखर कोइराला पक्षले समानुपातिक उम्मेदवारको बन्दसूचीमा आफू पक्षका नेताको नाम निकै कम रहेको भन्दै विद्रोह गर्ने चेतावनी दिएपछि सभापति देउवा सूची सच्याउन तयार भएका हुन् ।

कांग्रेसको समानुपातिक बन्दसूचीमा प्रधानमन्त्री तथा सभापति देउवाकी श्रीमतीसमेत रहेकी केन्द्रीय सदस्य आरज’ राणा देउवा, गृहमन्त्री बालकृष्ण खाणकी श्रीमतीसमेत रहेकी केन्द्रीय सदस्य मञ्जु खाण, प्रवक्ता प्रकाशशरण महत, पदाधिकारीद्वय फरमुल्लाह मन्सुर, जीवन परियार, नेता विमलेन्द्र निधि, आनन्दप्रसाद ढुंगाना, चन्द्रमोहन यादव, अनील रुंगाटालगायतको नाम थियो ।

Related posts

जनमत पार्टीले कुनै पनि दलसंग चुनावी तालमेल गर्दैन : अध्यक्ष सिके राउत

MadhesKhabar

महमुद अन्सारी सहित माओवादी र एमालेका नेताहरु जसपामा प्रवेश

MadhesKhabar

देउवाले एकलाैटी गरेकाले गठबन्धन भत्किएकाे शेखर काेइराला समुहकाे निष्कर्ष

MadhesKhabar

Leave a Comment