Madhes Khabar
राजनीति हेडलाइन

सिके राउतलाई प्रदीप यादवकाे काउन्टर : भ्रमकाे खेती बन्द गर्नुस् , मधेसमा मुख्यमन्त्री जसपाकै रहन्छ

वीरगन्ज ,२बैशाख : जसपाका केन्द्रीय राजनीतिक समिति सदस्य प्रदीप यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा २ का मतदातालाई प्रभावित पार्न मधेस सरकार बारे भ्रम छर्न सुरु गरेकाे बताएका छन् ।पुर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले उपनिर्वाचनपछि मधेस प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्ने बारे गठबन्धनभित्र कुनै छलफल वा सहमति नभएकाे बताएका छन् ।

जनमतका अध्यक्ष राउतले शनिबार सामाजिक सन्जाल फेसबुकमा उपनिर्वाचन लगत्तै मधेसकाे मुख्यमन्त्री जनमत पार्टीको हुने भन्दै पाेष्ट गरेपछि त्यसकाे प्रतिवाद गर्दै जसपा नेता यादवले बरु उपनिर्वाचनपछि मधेस सरकारबाट जनमत पार्टीकै बहिर्गमन हुने सम्भावना रहेकाे बताएका छन् ।

सामाजिक सन्जालबाटै सिके राउतलाई जवाफ दिदै जसपा नेता यादवले लेखेका छन् , सिके राउतजी भ्रमको खेती गर्न कहिले बन्द गर्नुहुन्छ? उपनिर्वाचन पश्चात मधेसमा मुख्यमन्त्री परिवर्तन हुने जस्तो हावादारी गफ गरेर तपाईंले मतदातालाई प्रभावित गर्न सक्नु हुन्न । मलाई लाग्छ तपाईँको पार्टीले उठाएको उम्मेदवारको हार निश्चित देखेपछि तपाईँले हिम्मत हारेको पुष्टि हुन्छ ।

पुर्वमन्त्री यादवले गठबन्धनका दलहरु जसपा, कांग्रेस, माओवादी, लोसपा र नेकपा (एस) सबै इमान्दार रहेकाे भन्दै गठबन्धनभित्रै रहेर जनमत पार्टीले भने धाेखा दिदै गद्दारी गरेकाे बताएका छन् ।

पाँच दलिय गठबन्धनमा मधेसकाे मुख्यमन्त्री हालै परिवर्तन गर्ने कुनै सहमति नै नभएको भन्दै यादवले राउतलाई प्रश्न गर्दै साेधेका छन्, सिके जी खै तपाईँले कुन सहमतिको कुरा गर्दै हुनुहुन्छ ? बरु उपनिर्वाचनपछि मधेस सरकारमा तपाईँको पार्टी टिक्छ की टिक्दैन भन्ने समयले बताउने छ ।

उपनिर्वाचनपछि पनि मधेसमा जसपाकै मुख्यमन्त्री कायम रहने यादवले बताएका छन् ।यादवले भनेका छन्, बाँकी वैशाख १० गतेपछि जनताको अभिमतले दुधको दुध र पानीको पानी हुने नै छ ।

Related posts

पर्सागढीले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर ल्यायाे ५६ करोड बढीको बजेट

MadhesKhabar

वीरगन्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठुला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै

MadhesKhabar

पूर्ण खोप घोषणा भइसकेको पर्सामा पहिलो पटक भेटिएका जिरो डोजको बच्चालाई लगाइयो खोप

MadhesKhabar

Leave a Comment