Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको सिर्सिया नदिमा प्रदूषण रोक्न उद्योगहरूलाई मन्त्री यादवले दिइन् एक हप्ताको अल्टिमेटम

काठमाडौं,२२ भदौं :उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूले वीरगन्जको सिर्सिया नदिमा गरिरहेको प्रदूषणप्रति आपत्ति जनाउँदै सुधारका लागि एक साताको समयसीमा (अल्टिमेटम) दिएकी छिन् ।

सोमबार मन्त्रालयमा उद्योगीहरूसँगको छलफलका क्रममा मन्त्री यादवले वातावरण संरक्षण सम्बन्धी कानुनी मापदण्ड उल्लंघन गर्ने उद्योगहरूलाई कारबाहीको चेतावनी दिएकी हुन् ।

पर्सा र बाराका दर्जनौं उद्योगहरूले प्रशोधन नगरी ढल र औद्योगिक फोहोर सिधै सिर्सिया नददिमा मिसाउँदा सिर्सिया नदि प्रदूषित बन्न पुगेको भन्दै उनले बाराको सिमरा, महुली तथा पर्साको सिर्सिया, ताजपुर, रामगढवा, रामवन, रानीघाट र विन्ध्यवासिनी लगायत दर्जनौँ गाउँका लाखौँ बासिन्दा प्रभावित भएको बताएकी छन् ।

उद्योगहरूले वातावरण संरक्षण ऐनको दायरा उल्लंघन गरी दुषित पानी खोलामा पठाउँदा स्थानीय जनजीवन, पशुपालन र समग्र मानव स्वास्थ्यमा गम्भीर संकट उत्पन्न भएको मन्त्री यादवको ठहर छ ।उनले उद्योगीहरूलाई यो विषयलाई केवल औपचारिक बैठकको रूपमा मात्र नलिन र तत्काल सुधारका कार्यहरू थाल्न निर्देशन दिइन् ।

‘राज्यका सम्बन्धित निकायहरूले पटक–पटक सजग गराउँदा पनि हालसम्म कुनै सुधार देखिएको छैन । यस क्षेत्रका जनताको निरन्तर गुनासो आएकाले मन्त्रालय यस विषयमा अत्यन्त गम्भीर छ । तपाईंहरूलाई एक हप्ताको समय छ,’ उनले थप भनिन्, ‘के–के सुधार गर्नुपर्ने हो, आजैदेखि थाल्नुहोस् । आगामी साता मन्त्रालयको विशेष टोली स्थलगत निरीक्षणका लागि आउनेछ र त्यसपछि नियमअनुसारको प्रक्रिया अगाडि बढाइनेछ ।’विगत लामो समयदेखि यस क्षेत्रका किसान र सर्वसाधारणले सिर्सिया नदिलाई पुनर्जीवन दिन माग गर्दै आएका छन् ।

उद्योगीहरूले आफ्ना उद्योगबाट निस्कने रसायनयुक्त पानी र फोहोर व्यवस्थापन नगर्दा वीगन्जको ‘लाइफलाइन’ मानिने सिर्सिया नदिको अस्तित्व संकटमा परेको छ । मन्त्री यादवको यो पछिल्लो निर्देशनसँगै स्थानीय बासिन्दाले प्रदूषण नियन्त्रण हुनेमा आशा व्यक्त गरेका छन् ।

Related posts

सरकारले ताेक्याे उखुको न्यूनतम खरिद मूल्य

MadhesKhabar

बाराकाे महागढीमाई नगरपालिकाले बाढीपीडितका लागि ४१ लाख ५१ हजार सहयोग गर्ने

MadhesKhabar

गोल्डेनको हत्यामा संलग्न ‘खुनी दरिन्दे समुह’का ४ जना कारागार चलान

MadhesKhabar

Leave a Comment