Madhes Khabar
कृषि हेडलाइन

सरकारले ताेक्याे उखुको न्यूनतम खरिद मूल्य

फाइल तस्बिर ।

काठमाडौं,२२मंसिर:संघीय सरकारले उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो।

त्यस्तै, अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ कायम गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

बैठकले जेनजी आन्दोलनका क्रममा घाइते तथा अपांग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८२ स्वीकृतपनि गरेको छ। त्यस्तै, जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णयपनि गरिएको छ।

मन्त्रीपरिषद बैठकले सहसचिव राजेन्द्रकुमार पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ भने आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व दोस्रो संशोधन नियमावली स्वीकृत गरिएको प्रवक्ता खरेलले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले विभिन्न १० जिल्लाका ९४ हजार ५२७ गरिब परिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको छ।

Related posts

वीरगन्जमा यस वर्षपनि ‘गहवामाई रथ यात्रा’ भव्य रुपमा निकालिने

MadhesKhabar

पर्साका जसपा नेताहरु भन्छन् : नागरिकता विधेयक फेल गराउनु मधेसीसंग विभेदकाे निरन्तरता हाे

MadhesKhabar

वीरगन्जमा तेब्बरले बढ्यो प्याजको भाउ, ग्राहक भन्छन् : भाउ सुन्दै पसिना आउँछ

MadhesKhabar

Leave a Comment