Madhes Khabar
कृषि हेडलाइन

सरकारले ताेक्याे उखुको न्यूनतम खरिद मूल्य

फाइल तस्बिर ।

काठमाडौं,२२मंसिर:संघीय सरकारले उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो।

त्यस्तै, अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ कायम गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

बैठकले जेनजी आन्दोलनका क्रममा घाइते तथा अपांग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८२ स्वीकृतपनि गरेको छ। त्यस्तै, जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णयपनि गरिएको छ।

मन्त्रीपरिषद बैठकले सहसचिव राजेन्द्रकुमार पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ भने आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व दोस्रो संशोधन नियमावली स्वीकृत गरिएको प्रवक्ता खरेलले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले विभिन्न १० जिल्लाका ९४ हजार ५२७ गरिब परिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको छ।

Related posts

सिर्सिया नदि प्रदुषण गर्ने उद्योगहरुलाई अब सिधै कारबाही गर्ने वीरगन्ज महानगरको निर्णय

MadhesKhabar

पर्साको विन्दबासिनी गाँउपालिका कार्यालयमा विद्यार्थी र प्रहरीबिच झडप, चार विधार्थी घाइते

MadhesKhabar

सर्वाेच्च अदालतको फैसला नआएसम्म मधेसमा आन्दोलन जारी राख्ने ७ दलको निर्णय

MadhesKhabar

Leave a Comment