Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको विकासका लागि महानगरले थालेको अभियानमा साथ दिने राजनीतिक दलहरुको प्रतिबद्धता

वीरगन्ज,२१चैत : वीरगन्ज महानगरको विकासका लागि महानगरपालिकाले थालेको अभियानमा साथ दिन यहाका राजनीतिक दलहरुले प्रतिबद्धता जनाउदै निर्णय पनि गरेका छन् । साथै महानगरमा नाला अतिक्रमण गरि बनाइएका भौतिक संरचनाहरु हटाउने र सार्वजनिक जग्गा खोजी गरि संरक्षण गर्ने वीरगन्ज महानगरपालिकाको अभियानलाइ पनि साथ दिने दलहरुले निर्णय नै गरेका छन् ।

मंगलबार महानगरका मेयर राजेशमान सिंहसंगको छलफलमा राजनीतिक दलहरुले महानगरको समग्र विकास तथा नालाको अतिक्रमण हटाउने र सार्वजनिक जग्गा तथा सम्पदाको खोजीका लागि महानगरपालिकाले चलाइरहेको अभियानलाई महानगरलाई सघाउने निर्णय गरेको छलफलमा सहभागी नेकपा एमालेको वीरगन्ज महानगर कमिटीका सचिव सुन्दर प्रसाद कुर्मीले बताए ।

छलफलमा सहभागी नेपाली काग्रेसको वीरगन्ज महानगर समितिका सभापति मणिन्द्राल श्रेष्ठ नेपालीले महानगरले थालेका सकरात्मक अभियान र कदम प्रति दलहरुले पनि सहकार्य गर्दै साथ दिने निर्णय भएको जानकारी दिए । उनले भने,‘ महानगरले वीरगन्ज र वीरगन्जवासीको हितमा अहिले जे जे अभियान चलाइरहेको छ , त्यसबारे मेयर साबले साथ सहयोगको लागि आग्र्रह गर्नुभयो , हामी दलहरुले पनि सहकार्य र साथ दिने निर्णय ग¥यौं ’ ।

जसपाका महानगरअध्यक्ष ईश्वरचन्द्र यादवले छलफलमा मेयर सिंहले राजनीतिक दललाई महानगरको गतिविधी बारे जानकारी गराउदै सुझावहरु लिएको बताए ।

उक्त छलफलमा मेयर सिंहका साथै कांग्रेसका महानगर सभापति मणिन्द्रलाल श्रेष्ठ नेपाली , एमालेका महानगर सचिव सुन्दर प्रसाद कुर्मी , जसपाका महानगर अध्यक्ष ईश्वरचन्द्र यादव , नेकपा माओवादी केन्द्रका क्षेत्रीय अध्यक्ष अमिताभ बच्चन दास , जनमत पार्टीका उमाशंकर गुप्ता, मेयर सिंहका प्रेस सल्लाहकार महेश दास ,स्वकीय सचिव सत्यराज घिमिरे लगायतको सहभागीता थियो ।

 

Related posts

पर्साबाट जसपाले गरेको उम्मेदवार सिफारिसमा को को परे ?

MadhesKhabar

विद्युत् कटौतीले वीरगञ्जका उपभोक्ता हैरान

MadhesKhabar

काँग्रेसले टिकट नदिए एमालेबाट पनि चुनाव लड्न सक्छु : नेता द्विवेदी

MadhesKhabar

Leave a Comment