Madhes Khabar
स्थानिय

पर्साका दास ब्राउन सुगरसहित बारामा पक्राउ

वीरगन्ज,३० असोज: बारामा प्रहरीले लागूपदार्थ खैरो हेरोइन(ब्राउन सुगर)सहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ का ४२ वर्षीय रामाशंकर दास रहेका छन्।

 

बाराको प्रसौनी गाउँपालिका–३ नौतनबाट बिहीबार प्रहरीले दासलाई १९.७८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय प्रसाैनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिए।

वीरगन्जबाट प्रसौनीतर्फ पैदल जाँदै गरेका दासलाई राेकेर प्रहरीले चेकजाँच गर्ने क्रममा उनकाे खल्तीबाट ब्राउन सुगर बरामद गरेको हो।

दासलाई इलाका प्रहरी कार्यालय प्रसौनीकै हिरासतमा राखेर थप अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए।

Related posts

पटेर्वा सुगौली गाँउपालिकाको वडाहरुमै स्थापना गरियो ‘ मेलमिलाप केन्द्र ’

MadhesKhabar

देशभरका महानगर र उपमहानगरका मेयर,उपमेयरको सहभागितामा सीएनएनसीको बैठक वीरगन्जमा सम्पन्न

MadhesKhabar

रेडक्रस आदर्शनगर उपशाखाको सभापति पुन सन्तोष गुप्ता चयन

MadhesKhabar

Leave a Comment