Madhes Khabar
समाचार हेडलाइन

गोल्डेनको हत्यामा संलग्न ‘खुनी दरिन्दे समुह’का ४ जना कारागार चलान

वीरगन्ज,१५कात्तिकःवीरगन्जमा गत दशैंको मेलामा महाअष्टमीका राति दुई समुहबीचको झडपमा कुटपिट गरि हत्या गरिएका गोल्डेन भन्ने २० वर्षीय शिवम साह कानुको हत्यामा संलग्न ‘खुनी दरिन्दे समुह’का चार जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा पठाएको छ । उक्त घटनामा संलग्नमध्येका अन्य दुई जना भने धरौटी बुझाएर रिहा भएका छन् ।

गत असोज १४ गतेृ महाअष्टमीका राति लागेको दशैं मेलामा वीरगन्जको गीतामन्दिर नजिक युवाहरुको दुई समुहबीच कुटपिट हुदाँ बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका–१० मा बस्दै आएका गोल्डेनको हत्या भएको थियो ।
उक्त घटनामा संलग्न खुनी दरिन्दे समुहका ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।पर्सा जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि तीमध्ये ३ जनालाई वीरगन्ज कारागारमा र एक जनालाई बाल सुधार गृहमा पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार, अदालतले वीरगन्ज– २४ रामगढवाका १९ वर्षीय गौतम पटेल, २० वर्षीय शुभांकर चौरसिया र २२ वर्षीय अमिरी पटेललाई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गर्ने आदेश दिएको हो भने १७ वर्षीय किशोरलाई बाल सुधार गृह पठाउने फैसला गरेको हो ।

उक्त घटनामा संलग्न चन्दन चौरसिया र अमन पटवा भने अदालतले तोकेको दुई÷दुई लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् भने मन्टु पटेलले ५० हजार धरौटी बुझाउन नसकेपछि उनलाई पनि कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

Related posts

पर्साका सांसद प्रदीप यादव स्वास्थ्यमन्त्री बन्दै, आजै साँझ ६ बजे शपथ लिने तयारी

MadhesKhabar

चिसोले वीरगंज लगायत पर्सामा जनजिवन प्रभावित

MadhesKhabar

वीरगन्ज महानगरका टोलटोलमा पुगेर नगरवासीको समस्या सुन्दै मेयर सिंह

MadhesKhabar

Leave a Comment