Madhes Khabar
राजनीति

रवि लामिछानेलाई पक्राउ नगर्न माग गर्दै वीरगन्जमा रास्वपाकाे प्रदर्शन

वीरगन्ज,०८असाेज:रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ नगर्न माग गर्दै वीरगन्जमा रास्वपाका नेताकार्यकर्ताले प्रदर्शन गरेका छन्।साथै उनिहरुले जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रपनि बुझाएका छन्।
सहकारी ठगी प्रकरणमा मुछेर सभापति लामिछानेलाई फसाउन खाेजिएकाे र धरपकड गर्ने प्रयास गरिएको भन्दै रास्वपाका नेताकार्यकर्ताले वीरगन्जमा प्रदर्शन गरेका हुन्।रास्वपा पर्साका संयाेजक हरि पन्तकाे नेतृत्वमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्लेकार्ड बाेकेर सरकारर सत्तारुढ दलहरु विरुद्ध नाराबाजीपनि गरेका थिए ।
त्यसअघि उनिहरुलेजिल्ला प्रशासन कार्यलयमा पुगेर उनिहरुले सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए  ।
उक्त ज्ञापनपत्रमा लेखिएको छ-सहकारी संसदिय छानबिन समितिले स्पष्ट रुपमा आफ्नु प्रतिवेनमा रास्वपाका केन्द्रिय सभापति रवि लामिछानेजको सहकारी रकम ठगी तथा हिनामिनामा कुनै पनि किसिमको संलग्नता नरहेको , उनले ब्यक्तिगत रूपमा कुनै पनि सहकारीबाट कुनै किसिमले रकम ऋण नलिएको , उनी कुनै पनि सहकारीको सदस्य ए०व प्रबन्धक समेत नरहेको र उनले कुनै पनि सहकारीमा ऋण लिनका निम्ति फारम तथा निवेदन समेत नदिएको कुरा स्पष्ट रुपमा उल्लेख हुँदाहुँदै  पनि राजनीतिक प्रतिशाेध साँध्न लामिछानेमाथी धरकपड र थुनछेक गरिने परिस्थिति सृजना गर्न लागेको हामीले अनुभूति गरेका छौ।अत:  सत्ता र शक्तिको दुरुपयोग गरि नेपालको विधमान ऐन कानुन विपरित गएर राजनीतिक प्रतिशोध साँध्नका निम्ति यस्तो दुर्भाग्यपूर्ण अवस्था आएमा , यसबाट उत्पन्न हुने सम्पुर्ण असहज परिस्थितिको जिम्मेवार नेपाल सरकार स्व्यम हुने कुराको ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाएका छौ।
त्यसपछि निकालिएको प्रदर्शनसहितकाे जुलुश माइस्थानमा पुगेर कोणसभामा परिणत भएकाे थियो ।कोणसभालाई  सम्बोधन गर्दै जिल्ला सभापति हरि पन्तले सरकारलाई दुई तिहाईको दम्भ नदेखाउन खबरदारी गर्दै  यसो भएमा नेपाली जनताले श्रीलंका र बाङ्लादेश झै २०८४ अघिनै सत्ता कब्जा गर्ने बताए । उनले सत्ता स्थायी नहुने र नेपाली जनताले सबै गतिविधि नजिकबाट नियालिरहेकोले यसको हिसाब किताब पनि चाडै गर्ने बताए ।
काेणसभालाई रास्वपा क्षेत्रीय  सभापतिहरु जितेन्द्र मिश्र , फैयाद मिया ,प्रदेश सदस्य तुलसा पौडेल , सुदिश प्रजापति , प्रचार विभागका प्रदेश प्रमुख  राम सर्राफ, शिक्षा विभागका प्रमुख राम प्रमोद रायमाझी , राम आर्य ,सोनालाल पटेल ,माधब बस्नेत , उमेश यादव,चन्दन गुप्ता र प्रदीप पटेल लगायतका नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको सभालाइ केन्द्रिय  सदस्य  डा नन्दन यादब र पुर्व संयोजक दिलिप कुर्मिलेपनि सम्बोधन गरेका थिए ।

Related posts

मधेसका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

MadhesKhabar

समाजवादी युवा संघकाे केन्द्रीय महासचिवमा वीरगन्जका यादव चयन

MadhesKhabar

काँग्रेसको धम्कीपूर्ण निर्देशन– बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निकालिन्छ

MadhesKhabar

Leave a Comment