Madhes Khabar
राजनीति

महमुद अन्सारी सहित माओवादी र एमालेका नेताहरु जसपामा प्रवेश

मधेसखबर
वीरगन्ज ,१६ भदौं : नेकपा माओवादी केन्द्रका युवा नेता महमुद अन्सारी जनता सममजवादी पार्टीमा प्रवेश गरेका छन् ।

स्थानीय निर्वाचन २०७९ मा वीरगन्ज महानगरपालीका वडा नम्बर १२ को वडा अध्यक्ष पदका उम्मेदवार समेत रहेका अन्सारी जसपामा प्रवेश गरेका हुन् ।उनिसंगै नेपाल कम्युनिस्ट पार्टी एमालेका वडा नम्बर १२ का इकाई समितिका सह सचिव बिरेन्द्र गुप्ता, सदस्य हरिशंकर राऊत, सबिब अन्सारी ,विजय क्षेत्री ,मक्सुद अंसारी , लगायतका नेताहरू पनि जसपामा प्रबेश गरेका छन्।

काठमाडौंमा बिहीबार वन तथा वातावरण मन्त्री एवं जसपा नेता प्रदीप यादवले नवप्रवेशीहरूलाई खादा लगाई पार्टीमा स्वागत गरेका हुन्।त्यस अवसरमा जिल्ला समन्वय समिति पर्साका पुर्ब प्रमुख नेक महम्मद अन्सारी लगायतका अन्य नेताहरुको पनि उपस्थिति रहेको थियो ।

Related posts

फुटको संघारमा पुगेको जसपाको केन्द्रिय कार्यकारीणी समितिको बैठक वीरगन्जमा बस्दै

MadhesKhabar

१३ औं पटक मन्त्री बनेका शरतसिंह भण्डारी : दल बदल्दै, मन्त्री बन्दै

MadhesKhabar

सीके राउतको खुलासा:प्रधानमन्त्री र गृहमन्त्रीले मेयर बालेनलाई पक्राउ गर्न खोजेका थिए

MadhesKhabar

Leave a Comment