Madhes Khabar
राजनीति

स्वतन्त्र उम्मेद्वार सिंहलाई मतदाताले गरे घरघरमा स्वागत

मधेसखबर
वीरगन्ज, १८ कार्तिक : स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहलाई बहुरमाई नगरपालिकाको सिसियाडीका मतदाताले विजयी तिलक लगाइदिएका छन् ।

पर्सा क्षेत्र नम्वर २ (ख) का स्वतन्त्र उम्मेद्वार सिंह नै अहिलेको आवश्यकता रहेकाले मंसिर ४ गतेको निर्वाचनमा जसरी पनि विजयी बनाउने भन्दै मतदाताले अहिले नै विजय तिलक लगाइदिएका हुन् ।
दलका नेताहरु व्यक्तिगत स्वार्थमा र दलको दलदलमा फसेकाले अब स्वतन्त्र उम्मेद्वारलाई सबैले समर्थन गर्नुपर्ने मतदाताहरुले बताएका थिए ।

सिसियाडी टोलमा पुगेका सिंहलाई घरघरमा मतदाताले स्वागत गर्दै अबिर लगाएर विजयको आशिर्वाद दिएका थिए ।
स्वतन्त्र उम्मेद्वार सिंहले काम गर्ने मान्छेलाई जिताएर पठाउन आग्रह गर्दै आफूले काम गर्न नसके जनकारबाही भोग्न तयार रहेको बताए ।
उनले नीति बनाउन चुनावमा होमिएकाहरु विभिन्न प्रलोभन दिँदै हिडिरहेको भन्दै प्रलोभनमा नफस्न पनि सबैलाई आग्रह गरे ।
घरदैलो अभियानमा युवा, महिला, अग्रज, बुद्धिजिवि व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

Related posts

निर्वाचन आयाेगले मान्यता दिएको गगन नेतृत्वको समितिविरुद्ध देउवा पक्ष सर्वाेच्चमा

MadhesKhabar

प्रदेशसभा सदस्यमा डा. मधुलाई जिताउन राज कुमार गुप्ताकाे आग्रह

MadhesKhabar

२०८४ को निर्वाचनमा १९० सिट जित्ने रास्वपाको दाबी

MadhesKhabar

Leave a Comment