Madhes Khabar
राजनीति हेडलाइन

तरुण दलको केन्द्रिय सदस्यमा पर्साबाट पाँच र बाराबाट आठ जना मनोनित

वीरगन्ज, १४ असार : नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलको केन्द्रिय सदस्यमा पर्साबाट पाँच जना मनोनित भएका छन् ।तरुण दलको केन्द्रिय सदस्यमा पर्साबाट सन्तोष चौधरी , सन्जय चर्तुवेदी , राकेश यादव , देवप्रकाश पटेल र रोशन सिंह मनोनित भएका हुन् ।

कांग्रेसका केन्दिद्रय सभापति शेरबहादुर देउवाले विद्वान गुरुंगको अध्यक्षतामा गठित तरुण दलका केन्द्रिय सदस्यमा देशभरबाट ४ सय जनालाई बुधबार मनोनित गरेकामा पर्साबाट पाँच जना परेका हुन् ।

यस्तै तरुण दलको केन्द्रिय सदस्यमा बाराबाट भने आठ जना मनोनिनत भएका छन् ।बाराबाट तरुण दलको केन्द्रिय सदस्यमा सुझाव जयसवाल , राजकिशोर गुप्ता, दिपेन्द्र केशरी , विजय चौधरी , विष्णु खड्का ,आशीक तमांग ,पारसमणी चौधरी र ओमप्रकाश ठाकुर मनोनित भएको काँग्रेस केन्द्रिय कार्यालयका कार्यवाहक मुख्यसचिव डाक्टर प्रददीप पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Related posts

वीरगन्जको दसैं मेला : जाने हैन त जिलेबी खान ?

MadhesKhabar

लोसपाका दुइ केन्द्रिय सदस्य सहित बाराका १० नेता एमाले प्रवेश

MadhesKhabar

वीरगन्जको नबिल बैंकबाट एक करोड भन्दा बढी रकम चोरी, कर्मचारीको मिलोमतो रहेको आशंका

MadhesKhabar

Leave a Comment