Madhes Khabar
राजनीति हेडलाइन

तरुण दलको केन्द्रिय सदस्यमा पर्साबाट पाँच र बाराबाट आठ जना मनोनित

वीरगन्ज, १४ असार : नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलको केन्द्रिय सदस्यमा पर्साबाट पाँच जना मनोनित भएका छन् ।तरुण दलको केन्द्रिय सदस्यमा पर्साबाट सन्तोष चौधरी , सन्जय चर्तुवेदी , राकेश यादव , देवप्रकाश पटेल र रोशन सिंह मनोनित भएका हुन् ।

कांग्रेसका केन्दिद्रय सभापति शेरबहादुर देउवाले विद्वान गुरुंगको अध्यक्षतामा गठित तरुण दलका केन्द्रिय सदस्यमा देशभरबाट ४ सय जनालाई बुधबार मनोनित गरेकामा पर्साबाट पाँच जना परेका हुन् ।

यस्तै तरुण दलको केन्द्रिय सदस्यमा बाराबाट भने आठ जना मनोनिनत भएका छन् ।बाराबाट तरुण दलको केन्द्रिय सदस्यमा सुझाव जयसवाल , राजकिशोर गुप्ता, दिपेन्द्र केशरी , विजय चौधरी , विष्णु खड्का ,आशीक तमांग ,पारसमणी चौधरी र ओमप्रकाश ठाकुर मनोनित भएको काँग्रेस केन्द्रिय कार्यालयका कार्यवाहक मुख्यसचिव डाक्टर प्रददीप पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Related posts

मधेसको राजमार्गमा सार्वजनिक शौचालय नहुदाँ बसमा यात्रा गर्ने महिलाहरुलाई सास्ती

MadhesKhabar

देशभरका महानगर र उपमहानगरका मेयर,उपमेयरको सहभागितामा सीएनएनसीको बैठक वीरगन्जमा सम्पन्न

MadhesKhabar

प्रचण्डमा ’भ्यागुते प्रवृत्ति देखियो : सिके राउत

MadhesKhabar

Leave a Comment