Madhes Khabar
राजनीति

लोसपाका दुइ केन्द्रिय सदस्य सहित बाराका १० नेता एमाले प्रवेश

मधेसखबर
वीरगन्ज,१० कार्तिक : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का दुई केन्द्रीय सदस्य सहित बाराका १० जना नेकपा एमाले प्रवेश गरेका छन् । एमाले अध्यक्ष निवास बालकोट पुगेर उनीहरू एमाले प्रवेश गरेका हुन्।

एमाले प्रवेश गर्नेमा लोसपाका केन्द्रीय सदस्यद्वय राजाराम साह र प्रिया रानी रश्मी सिंह, प्रदेश कमिटी सदस्य राजकुमार सिंहसहित जिल्ला कमिटीका सदस्य र अन्य रहेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्। पार्टी प्रवेश गर्ने क्रममा एमालेका केन्द्रीय सदस्य सुमन प्याकुरेल, बारा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एकबाल मिया उपस्थित थिए ।पूर्वमन्त्री मियाको पहलमा उनीहरूलाई एमालेमा प्रवेश गराइएको हो ।साभार : अन्नपूर्णपोष्ट

Related posts

लाेसपाकाे केन्द्रीय कार्यसमितिकाे बैठक सुरु

MadhesKhabar

बालेनसंगको फोटो पोस्ट गर्दै कुलमानले भने:‘देश बनाउने अभियानमा संगै छौं’

MadhesKhabar

उम्मेदवारी दिदै वनमन्त्री यादवले भने : पर्सा १ मा पुन जितेर नयाँ ईतिहास रच्छु

MadhesKhabar

Leave a Comment