Madhes Khabar
कर्पोरेट स्थानिय हेडलाइन

वीरगन्जको नबिल बैंकबाट एक करोड भन्दा बढी रकम चोरी, कर्मचारीको मिलोमतो रहेको आशंका

वीरगन्ज,१७बैशाख:वीरगन्जको बाइपास रोडमा रहेको नबिल बैंकबाट करोडौँ रकम गायब भएको छ । आइतबार राती शाखाको भल्टबाट करिब एक करोड भन्दा बढी रकम चोरी भएको सूचना प्राप्त भएको छ ।

प्राप्त सूचनाअनुसार बेंंकमा योजनाबद्ध ढङ्गले चोरी भएको देखिएको छ । कटरले ताल्चा काटी भल्ट फोडेर रकम चोरी भएको हो । विश्वसनीय स्रोतका अनुसार भल्टमा भएको करिब ३ करोड भन्दा बढी रकम मध्ये एक करोड बढी रकम चोरी भएको छ भने बाँकी रकम भल्टमै छ ।

शाखा कार्यालय रहेको घरका घरबेटीको सामान पनि चोरी भएको छ । चोरीको प्रकृति हेर्दा योजना बनाएर रकम लुटिएको स्पष्ट हुन्छ । चोरी भएकै कारण आज बाइपास शाखाबाट कारोबारपनि भएन । ‘यस शाखामा विशेष कारणवश कारोबार हुन नसकेकोले नजिकैको वीरगन्ज शाखा र पावर हाउस शाखाबाट कारोबार गरिदिनुहुन अनुरोध गर्दछौ । यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौँ,’ शाखा कार्यालयको गेटमा सूचना टाँसिएको छ ।

चोरी हुनु पूर्व बैंकको सिसिटिभी क्यामरा पनि बिग्रिएको पाइएको स्रोतको दाबी छ । स्रोतले भन्यो, ‘घटनाको प्रकृति हेर्दा यसमा कर्मचारीको पनि संलग्नता रहेको हुन सक्ने आशङ्का छ । किनभने सिसिटिभी क्यामरा पनि चोरी हुनु पूर्व नै बिग्रिनु र भल्ट कहाँ छ? त्यसबाट आधा पैसा चोरी हुनु र आधा नहुनु लगायतका कारणले कर्मचारीको संलग्नता रहेको हुन सक्ने सम्भावना देखिन्छ ।’

घटना भएको स्विकार्दै थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए । उनले यस विषयमा थप केही खुलाउन चाहेनन् । पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलसँग पनि यस विषयमा बुझ्न फोन गर्दा उनी सम्पर्कमा आएनन् ।बैंकबाट करोडौँ रकम चोरी भएको घटनाको सम्बन्धमा प्रहरीले जानकारी नदिनुले पनि यस विषयलाई थप शंकास्पद बनाएको छ ।

शाखाका प्रमुख पवन पौडेलको मोबाइल नम्बरमा पटक–पटक प्रयास गर्दा पनि उनलेपनि फोन उठाएनन् । शाखा कार्यालयमै गएर घटनाका बारेमा बुझ्न खोज्दा सुरक्षाकर्मीले भित्र पस्न दिएनन् । कार्यालयमा प्रवेश गर्न खोज्दा सञ्चारकर्मीलाई समेत रोकिएको छ ।

शाखा प्रमुखको अनुभव समेत नभएका पवन पौडेल उक्त शाखाका प्रबन्धक छन् । नबिल बैंक बाइपास शाखाको प्रमुखको जिम्मेवारी सम्हालेको ३ महिना पनि नबित्दै शाखाबाट ठूलो रकम चोरी भएको हो ।बाइपास शाखाको गत वर्ष जेठ १८ गते वीरगन्ज महानगरपालिकाका मेयरराजेशमान सिंहले उद्घाटन गरेका थिए ।साभारः यात्रा डेली

 

 

Related posts

नारायणी अस्पतालबाट हाल १४ सय बढी एचआइभी संक्रमितले नियमित सेवा लिदैं

MadhesKhabar

नेपालमा फेरि देखिन थाल्यो कोरोना संक्रमण

MadhesKhabar

वीरगन्जबाट आइतबार देखि रोकिएको युरिया मलको ढुवानी सहमतीपछि शुरू

MadhesKhabar

Leave a Comment