Madhes Khabar
स्थानिय हेडलाइन

बाराको निजगढमा अवैध रुपमा लगाइएको १६ कठ्ठा गाँजा खेती प्रहरीद्वारा नष्ट

बारा,२१मंसिरः बाराको विभिन्न स्थानमा अवैध रुपमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरेर नष्ट गरेको छ । बुधबार ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिकाको वडा नम्बर १२ का विभिन्न गाँउमा करिब १६ कठ्ठामा लगाइएको गाँजा खेती नष्ट गरेको हो ।

वडा नम्बर १२ सालबिसौनीमा १४ कठ्ठा , त्यहि वडाको कुलियामा १ कठ्ठा र थलीमा १ कठ्ठा गरि कूल १६ कठ्ठामा लगाइएको करिब २० हजार बोट फडानी गरि नष्ट नगरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।गाँजा खेती गर्नेहरुको पहिचान गरी उनिहरुको खोजी भइरहेको उनले बताए ।

Related posts

उद्योगीहरुले गरे हदै सम्मकाे लापरवाही : चैती छठमा पनि सफा भएन सिर्सिया नदी

MadhesKhabar

विराट कोहलीले ड्रेसिङ रूममै आएर लगाइदिए आसिफ शेखलाई मेडल

MadhesKhabar

रास्वपा पर्साले आगामी चुनावको उम्मेदवार चयनका लागि सार्वजनिक गर्यो ९ बुँदे शर्त

MadhesKhabar

Leave a Comment