Madhes Khabar
राजनीति

गाैर हत्याकाण्डका दाेषीहरुलाई कारबाहीको माग गर्दै पर्सामा पनि बुझाइयाे ज्ञापनपत्र

वीरगन्ज, २१ साउन : गौर हत्या काण्डका दोषीहरुलाई पक्राउ गरि कारबाही र पिडितहरुलाई न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामापनि ज्ञापनपत्र बुझाइएको छ ।

वीरगन्ज अगुवा नागरिक समाजले आइतबार जिल्ला प्रशासन कार्यालयमा पुगेर साथै सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पाैडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएको हाे ।

 

रौतहटको गौरस्थित राइसमिल प्रांगणमा २०६३ साल चैत गते तत्कालीन मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादी बिच झडप हुदाँ माओवादीका २८ जना कार्यकर्ता मारिएका थिए । उक्त घटना गौर हत्या काण्डका नामले प्रचलित छ ।

उक्त हत्याकाण्ड भएको १७ वर्ष बितिसक्दापनि त्यसमा संलग्नहरुलाई अझैसम्म कारबाही गर्नुका सट्टा राज्यले नै संरक्षण गरेर राखेकोले गौर हत्या काण्डका दोषीहरुलाई तत्काल पक्राउ गरि कारबाही गर्न र घटनामा मारिएकाहरुको परिवारलाई क्षतिपुर्ति उपलब्ध गराउन माग गर्दै पर्साका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको ज्ञापनपत्र बुझाउन गएकाे टाेलीका अगुवा बाबुराम काैशीकले बताए ।

Related posts

मतदातासंग भोट माग्दै अजय चौरसियाले भने : काँग्रेसलाई जिताउनु देशकै आवश्यकता हो

MadhesKhabar

राप्रपाबाट वीरगन्जमा मेयरको उम्मेदवार पत्रकार गिरिश गिरी

MadhesKhabar

जसपा गौर हत्याकाण्डका दोषीलाई बचाउने खेलमा लाग्यो : प्रभु साह

MadhesKhabar

Leave a Comment