Madhes Khabar
राजनीति

पार्टीको नीति विपरित गतिविधि गर्नेलाई कारबाही गर्ने एमाले पर्साका अध्यक्ष शर्माको चेतावनी

वीरगन्ज,१०फागुन:पर्साकाे पकाहामैनपुर गाँउपालिका वडा नम्बर ५ सवैठवमा शनिबार नेकपा एमालेको वडा भेला सम्पन्न भएको छ।एमालेका वडा कमिटी अध्यक्ष रामबाबु चौरसियाको अध्यक्षतामा आयाेजित भेलालाई सम्बाेधन गर्दै एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्माले देशमा संकट परेका बेला एमाले पार्टी जहिले पनि नेतृत्वदायी भुमिका उभिएको बताए ।

 

उनले देशमा अस्थिरता र आर्थिक संकटको बेला एमाले सरकारले जनमुखी काम गरेर गतिशिल बनाएको दाबि समेत गरे। हुलाकी सडक निर्माण लगायत विभिन्न योजनाहरु केपी ओली सरकारले नै ल्याएको भन्दै उनले देशमा एमाले बेगर विकाशको कल्पना समेत गर्न नसकिने बताए। पार्टी नीति,सिद्धान्त र विचारले चल्ने भएकोले पार्टीको नीति र सिद्धान्त भित्रै रहेर क्रियाकलाप गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन समेत उनले दिए । उनले पार्टीको नियम विपरित हुने कुनैपनि गतिविधि मान्य नहुने र नियम विपरित कार्य गर्नेलाई पार्टीले पनि नछोडने चेतावनी दिए ।

 

भेलालाई सम्बोधन गर्दै पकाहामैनपुर गाँउपालिका कमिटीका अध्यक्ष अकलेश साहले मिसन २०८४ लाई सफल बनाउन वडा तहदेखि नै संगठनलाई मजबुत बनाउनुपर्ने धारणा राखे । उनले एमाले सरकारले गरेका कामको चर्चा गर्दै पालिका र देश विकासको लागि एमाले सरकारको आवश्यकता रहेको ठोकुवा गरे । उपाध्यक्ष साहले पालिकाको आवस्था दिनप्रतिदिन दैनिय बन्दै गईरहेको र अहिलेको जनप्रतिनिधि निरिह साबित भईसकेकोले आउने चुनावमा एमालेको विकल्प नरहेको बताए ।

 

रामबाबु चाैरसियाकाे अध्यक्षतामा भएको भेलामा कार्यक्रममा ओबिसीका केन्द्रिय अध्यक्ष तेजप्रकाश निषाद, केन्द्रिय उपाध्यक्ष एवं पकहामैनपुर गाँउपालिका अध्यक्ष अकलेश साह, जिल्ला कमिटी सदस्य प्रमोदराज पटेल ,युवा नेता कौशल साह गोंड लगायतकाले पनि धारणा राखेका थिए ।

Related posts

सिमरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई दुर्गा प्रसाईंले भेटे

MadhesKhabar

बारा – २ मा चुनावी रस्साकस्सी : शक्ति प्रयोग गर्दै उम्मेदवार

MadhesKhabar

ठाकुररामसहित देशभरका क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन

MadhesKhabar

Leave a Comment