Madhes Khabar
राजनीति

बारामा एकीकृत समाजवादीका दुई प्रदेशसभा सदस्य एमालेमा फर्किए

मधेसखबर
वीरगन्ज ,१३ असाेज : बारामा नेकपा (एकीकृत समाजवादी) पार्टीका दुईजना प्रदेश सभा सदस्य नेकपा एमालेमा फर्किएका छन्।

प्रदेश सभा सदस्यद्वय सुन्दर विश्वकर्मा र सीता गुरुङ बिहीबार नेकपा एमालेमा फर्किेएका हुन्।

प्रदेश सभा सदस्य विश्वकर्मा एकीकृत समाजवादी बाराका अध्यक्ष हुन्। उनी बारा क्षेत्र नम्बर ४ को (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

यस्तै, गुरुङ समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएकी थिइन्।

तत्कालीन एमाले जिल्ला अध्यक्ष रहेका विश्वकर्माले एमाले विभाजन हुँदा एकीकृत समाजवादी रोजेका थिए।

उनीहरूसहित २५ जना नेता एकीकृत समाजवादी त्यागेर एमालेमा फर्किएकाे एमाले बाराका अध्यक्ष विनोद साहले जानकारी दिए।

उनका अनुसार एमाले फर्किनेमा केन्द्रीय परिषद् सदस्य कौशलकिशोर सिंह, महेश विश्वकर्मा, दशरथ राम, विद्या थापा, मीन रहपाल, मञ्जु खनाल, मञ्जु भट्टराई, अच्छेलाल राम, मुक्ति सहनी लगायत छन् ।

उनीहरूले पार्टी अध्यक्ष केपी ओलीलाई बालकोटमा भेटेर पार्टीमा फर्किएको साहले जानकारी दिए।साभार: नयाँपत्रिका

Related posts

पर्साकाे १ र २ मा जसपा गठबन्धन , पर्सा ३ र ४ मा काँग्रेस गठबन्धन अगाडि

MadhesKhabar

समर्थन फिर्ता लिएर सरकार छाड्ने एमालेकाे निर्णय

MadhesKhabar

अहिलेदेखि लाग्ने हो भने ०८४ को चुनावमा पर्सा जिल्ला एमालेमय हुन्छ : केन्द्रिय सदस्य हजरा

MadhesKhabar

Leave a Comment