Madhes Khabar
राजनीति हेडलाइन

विपक्षीलाई लक्षित गर्दै मेयर सिंहले भने : अभि तो सिरिफ चौका मारा है ,छक्का मारना तो बाँकी हैं

वीरगन्ज,५माघःवीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज महानगरसंगै पर्सा जिल्लामै जसपा थप बलियो भएको बताएका छन्।

शनिबार वीरगन्जमा जसपाले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा लोसपाका केन्द्रीय उपाध्यक्ष पुरुषोत्तम लाल झासहितका सयौं नेताकार्यकर्ता जसपामा प्रवेश गरेपछि कार्यक्रममा बोल्दै जसपाका केन्द्रीय सदस्यसमेत रहेका सिंहले उक्त कुरा बताएका हुन्।

मेयर सिंहले शनिबार भएको पार्टी प्रवेश कार्यक्रमले पार्टीलाई थप शक्ति प्राप्त भएको बताए ।त्यसका कारण अब पर्सामा जसपाका नेताकार्यकर्ताहरु अब झन् एकजुट भएर अगाडि बढनुपर्नेमा जोड दिदैं मेयर सिंहले भने,‘ कार्यकर्ताले राखेको भरोसा प्रति नेतृत्व शतप्रतिशत उत्रिन्छौं । यदि कहिकतै कमजोरी छन् भनेपनि त्यो सुधार्न हामी तयार छौं ।’

जसपाप्रति विपक्षीहरुले गरिरहेको प्रहारप्रति लक्षित गर्दै हिन्दी शायरीमा मेयर सिंहले भने,‘ अभि तो सिरिफ् चौका मारा है ,छक्का मारना बाँकी है,अभि तो आगाज देखाए है,अन्दाज देखाना बाँकी है ।’पार्टीका कार्यकर्ताहरु पार्टी र नेतृत्वका लागि उर्जाका श्रोत भएको भन्दै उनले कार्यकर्ताको उर्जामा कमी आउन नदिने गरी लाग्ने बताए ।

जसपा पर्साका अध्यक्ष सिंगासन सा तेलीको अध्यक्षता तथा जसपाका केन्द्रिय अध्यक्ष अशोक राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खानेपानीमन्त्री प्रदीप यादव ,जसपाकी केन्द्रीय उपाध्यक्ष सुशीला श्रेष्ठ,केन्द्रीय सदस्य मोहनलाल चौधरी,जनार्दन यादव,पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी,भीमा यादव,जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ,युवा नेता तबरेज अहमद,ईश्वरचन्द्र यादव,असलम आलम लगायतकाकोपनि सहभागीता थियो।

Related posts

वीरगन्जलाई अशान्त बनाउन खोज्नेहरु विरुद्ध प्रतिकारमा उत्रने जसपाको चेतावनी

MadhesKhabar

प्रमुख प्रशासकीय अधिकृत काफ्लेकाे अमेरिका भ्रमण मन्त्री गुप्ताले राेकेकाे मेयर पाैडेलकाे आराेप

MadhesKhabar

वीरगन्जकाे नगवामा साढे ४ लाख लिटर क्षमताको पानी ट्याङ्कीकाे निर्माण सुरु

MadhesKhabar

Leave a Comment