काठमाडौं,२२असार:नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेरामक्स’ खरिदमा भएको भ्रष्टाचार मुद्दामा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री एंव नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई विशेष अदालतले सफाइ दिएको छ ।
प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित ३ जनालाई भने विशेष अदालले दोषी ठहर गरेको छ ।
विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सोमबार उक्त फैसला सुनाएको हो ।
विशेष अदालतले पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध लगाइएको आरोप पुष्टि हुन नसकेको भन्दै उनलाई सफाइ दिएको हाे । बस्नेतसँगै प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनाल, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, रेवतीराम पन्थ लगायत १९ जना प्रतिवादीहरूले पनि सफाइ पाएका छन् । यस्तै, परामर्शदाता कम्पनी भ्यानराइज सोलुसन्सु लाई पनि अदालतले सफाई दिएको छ ।साभार:राताेपाटी

