Madhes Khabar
राजनीति

वीरगन्जका नवनिर्वाचित मेयर राजेशमानको राजनीतिक यात्रा – वडा सदस्य देखि मेयर सम्म

माधुुरी महत्तो
वीरगन्ज,१०जेठः
मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मेयरमा ,सत्तारुढ पाच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् ।
नेकपा एमालेका उम्मेदवार एंव निवर्तमान मेयर विजय कुमार सरावगीलाइ २२ हजार ५ सय ४४ मतको फराकिलो अन्तरले पराजित गर्दै राजेशमान मेयरमा निर्वाचित भएका हुन् ।
को हुन् राजेशमान ?
२०७४ को निर्वाचनमा पनि वीरगन्ज महानगरको मेयरमा राजेशमान सिंह र विजय कुमार सरावगी दुवैले दुइ मधेसवादी दलको उम्मेदरवार बनेर मेयरमा प्रतिस्पर्धा गरेका थिए ।
त्यसबेला तत्कालीन संघीय समाजवादी फोरम (अहिलेको जसपा) बाट चुनाव लडेका सरावगी , १९ हजार ३ सय ९३ मतका साथ मेयरमा निर्वाचित भएका थिए ।
तत्कालीन राजपा (अहिलेको लोसपा) बाट उम्मेदवार बनेका राजेशमान भने १२ हजार १ सय ६५ मत का साथ तेश्रो स्थानमा सिमित भएका थिए ।
यसपालि भने दुवै जनाले दल परिवर्तन गरेर मेयरमा उम्मेदवारी दिएकोमा बाजी भने राजेशमानले मारेका छन् ।
वीरगन्ज महानगरको मेयरमा नवनिर्वाचित राजेशमानले २०४३ सालमा नेपाली काँग्रेसको भातृसंगठनबाट नेविसंघबाट राजनीतिक यात्रा शुरु गरेका थिए ।
२०५४ सालमा भएको स्थानिय निकायको निर्वाचनमा उनि काँग्रेसको तर्फबाट वडा सदस्य (तत्कालीन नगरपरिषद सदस्य) मा निर्वाचित पनि भएका थिए । त्यसपछि काँग्र्रेससंगको नाता तोड्दै राप्रपा निकट भएका राजेशमान २०६३ सालको मधेस आन्दोलन देखि भने मधेस केन्द्रित दलमा आबद्ध भएका थिए ।
मधेस आन्दोलन ताका देखि नै राजेशमान , लोसपाका अहिलेका नेता शरतसिंह भण्डारी निकट थिए ।
भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टी (रासप) को महासचिव पनि उनि भए ।
२०७४ सालमा मधेस केन्द्रित रामसपा, तमलोपा , सदभावना सहितका ६ दलले एकता गरेर राजपा गठन गरेपछि राजेशमान राजपाको पनि महामन्त्री बनेका थिए ।
२०७४ को स्थानीय तहको निर्वाचनमा राजपाबाटै उनि महानगरको मेयरमा लडेका थिए तर तेश्रो स्थानमा रही पराजित भए ।
२०७६ साल मा महन्थ ठाकुर नेतृत्वको तत्कालीन राजपा र उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम पार्टी बिच एकता भएर जसपा बन्यो ।
तर २०७८ जेठ तिर जसपा विभाजन भएपछि महन्थ ठाकुरको नेतृत्वमा बनेको लोसपालाइ राजेशमानले रोजे ।
बैशाख ३० मा निर्वाचन हुने भएपछि राजेशमानले पनि दल परिवर्तन गर्ने मनशाय बनाए ।
निवर्तमान मेयर सरावगी काँग्रेसमा जाने तरखर गरिरहेका बेला राजेशमानको रोजाइमा भने एमाले थियो ।
माघ २७ गते उनले काठमाण्डौ पुगेर केपी ओलीलाइ भेटेर एमाले प्रवेश गर्ने वाचा पनि दिए ।
काठमाण्डौबाट फर्किएरु माघ २८ गते वीरगन्जमा पत्रकार सम्मेलन गरेर राजेशमानले आफु एमालेमा प्रवेश गरेको घोषणा गर्दै चैत ८ गते वीरगन्जमा हुने ओलीको कार्यक्रममा औपचारिक रुपमा एमाले प्रवेश गर्ने उद्घोष पनि गरे ।
तर यहि बिचमा गत फागुन २८ गते अचानक निवर्तमान मेयर सरावगी एमालेमा प्रवेश गरेपछि रुष्ट बनेका राजेशमान मेयरको उम्मेदवार बनाउनु पर्ने शर्तमा चैत ७ गते जसपामा प्रवेश गरे । वीरगन्जमा चैत ७ मा आयोजित जसपाको पार्टी प्रवेश कार्यक्रममै जसपा अध्क्ष उपेन्द्र यादवले सिंहलाइ मेयरको उम्मेदवार बनाउने वाचा गरेका थिए ।
अध्यक्ष यादवको त्यहि वाचा पुरा गर्दै जसपाले वीरगन्ज महानगरको उम्मेदवार राजेशमानलाइ नै बनायो र अन्तत उनले मेयरमा बाजी पनि मारेका छन् ।

Related posts

जसपा सांसद दीपक कार्कीले भनेः म कुनै गुटमा गएको छैन ,उपेन्द्र यादवतिरै छु

MadhesKhabar

गृह तथा कानुन मन्त्री बने ओमप्रकाश अर्याल

MadhesKhabar

जातिय विभेद गर्नेहरु अपराधी हुन् : उपेन्द्र यादव

MadhesKhabar

Leave a Comment