Madhes Khabar
राजनीति हेडलाइन

पर्साबाट हजरा र देवकोटा एमालेको समानुपातिक सांसद

मधेसखबर
वीरगन्ज,२४ मंसिर : नेकपा एमालेले समानुपातिक तर्फको प्रतिनिधीसभा सदस्य (सांसद) मा पाएको ३४ जनामा पर्साबाट दुइ जना परेका छन् । पर्साबाट नेकपा एमालेका केन्द्रीय सदस्यद्वय एंव जिल्ला इन्चार्ज प्रभु हजरा र एमाले नेतृ निर्मला कोइराला (देवकोटा ) समानुपातिक सांसदमा परेका हुन् । हजरा , दलित कोटाबाट र देवकोटा महिला कोटाबाट समानुपातिक सांसदमा चयन हुने भएका हुन् ।
शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकमा प्रतिनिधि सभातर्फ पाएको ३४ सिटमध्ये २२ महिला र १२ पुरुषलाई चयन गरेको हो ।
यस्तै मधेस प्रदेशको प्रदेशसभा सदस्यमा एमालेले पर्साबाट विना देवीको नाम मात्र चयन गरेको छ ।

Related posts

जसपा पर्साका उपसचिव कुशवाहा भन्छन् : मैले गुट फेरेको छैन, रामनरेशकै साथमा छु

MadhesKhabar

जसपा सांसद दीपक कार्कीले भनेः म कुनै गुटमा गएको छैन ,उपेन्द्र यादवतिरै छु

MadhesKhabar

विद्युत् कटौतीले वीरगञ्जका उपभोक्ता हैरान

MadhesKhabar

Leave a Comment