Madhes Khabar
समाचार हेडलाइन

सरकारले संविधान र कानुनको परिधिभित्र रहेर मात्रै निर्णय लिनुपर्ने: कांग्रेस सभापति गगन थापा

मधेसखबर, वीरगन्ज १८:नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको अधिकार असीमित नभएको भन्दै संविधान र कानुनको परिधिभित्र रहेर मात्रै निर्णय लिनुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले ट्रेड युनियनको अधिकार तथा मौलिक हकसँग सम्बन्धित विषयमा सरकारले संविधानविपरीत कदम चाल्न नहुने बताएका हुन्। उनले संविधान निर्माणका क्रममा आफू मौलिक हक समितिको संयोजक रहेको स्मरण गर्दै धारा १७ र ३४ को मर्मविपरीत गएर ट्रेड युनियनको अस्तित्व समाप्त पार्न नसकिने स्पष्ट पारे।

थापाले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन कायम गर्नु र बिग्रँदो अर्थतन्त्र सुधार गर्नु हुनुपर्ने धारणा राखे। सुशासनका लागि सरकारले गर्ने सकारात्मक काममा नेपाली कांग्रेसको साथ रहने उल्लेख गर्दै उनले सरकारलाई आफ्नो प्राथमिकता स्पष्ट बनाउन सुझाव दिए।

छिमेकी मुलुकसँगको व्यापार तथा सीमा समस्याप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराए। भारतले नेपाली चियामा लगाएको कर तथा चीनतर्फका नाकामा देखिएको अवरोधका कारण नेपाली उद्यमी प्रभावित भएको उनको भनाइ थियो।

लिपुलेक हुँदै मानसरोवर जाने मार्गबारे भारत र चीनबीच भएको समझदारीका विषयमा सम्पूर्ण नेपाली एकजुट भएर संवाद गर्नुपर्नेमा जोड दिँदै थापाले नेपाली कांग्रेस तत्काल सडक आन्दोलनभन्दा रचनात्मक प्रतिपक्षको भूमिकामा रहने स्पष्ट पारे।

Related posts

बाराबाट भारत लैजान लागिएका ५ बालिकाकाे वीरगन्जबाट उद्धार

MadhesKhabar

मधेसमा केही दिन अझै गर्मी बढ्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

MadhesKhabar

प्रधानमन्त्रीको निर्देशन पालना गरी प्रतिफल देखिने गरी काम गर्नुपर्छ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment