Madhes Khabar
राजनीति

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको चेतावनी

काठमाडौं,१५ माघ: राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ। पार्टीको आइतबार बसेको केन्द्रीय समिति बैठकले विगतमा सत्ता साझेदार दलसँग भएको सहमति अनुसार गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको हो।

पार्टीका अध्यक्ष रवि लामिछाने गैर नागरिक भएको सर्वोच्चको फैसलाले संसद, उपप्रधान तथा गृहमन्त्री पद र पार्टीको सभापति पद गुमेपछि आइतबार नागरिकता लिएसँगै पार्टी अध्यक्ष चयन भएका छन्। उनी अध्यक्ष भए लगत्तै बसेको पार्टी केन्द्रीय समितिको बैठकले विगतमा सत्ता साझेदार दलसँग भएको समझदारी अनुसार गृहमन्त्रालय पार्टीले छोड्न नसक्ने निस्कर्ष निकालेको हो।

यस विषयमा सत्ता साझेदार दलसँग छलफल गर्ने जिम्मेवारी पनि अध्यक्ष लामिछानेले नै लिएका छन्। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पार्टीको निर्णय र अडानका बारेमा कुराकानी गरेको स्रोतले जनाएको छ। लामिछानेले पार्टीले गृहमन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएपछि एमाले अध्यक्ष ओली बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका छन्। साभार:अन्नपूर्ण पाेष्ट

Related posts

जसपाबाट प्रदेश सांसदमा सोनी , साह र खातुनको नाम सिफारिस

MadhesKhabar

पार्टी छोडेकाहरुलाई फर्केर आउन उपेन्द्र यादवको आग्रह

MadhesKhabar

जेनजी आन्दोलनका सहिद धिरजका बुबालाई कांग्रेसले बनायो समानुपातिक उम्मेदवार

MadhesKhabar

Leave a Comment