Madhes Khabar
राजनीति हेडलाइन

बारा २ का जनताले उपेन्द्र यादवको षडयन्त्र सफल हुन दिदैनन् : सिके राउत

बारा,१९ चैत : जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई जनताले भर्खरै अस्वीकार गरेकाले यति छिट्टै फेरि संसदमा जान नसक्ने बताएका छन् । आइतबार बाराको निर्वाचन क्षेत्र नम्बर –२ मा पुगेका राउतले केही महिनाअघि मात्रै सप्तरीमा निर्वाचन हारेका यादव बारा २ मा निर्वाचन लड्न आए त्यो जनमतकै अपमान हुने बताएका हुन् ।

‘उपेन्द्र यादव भर्खर पराजित भएर आएको हुनाले यति चाँडो संसदमा जानु हुँदैन । त्यो गर्नुभयो भने जनमत र जनताले दिएको मतको अपमान हो भन्ने जनताले पनि बुझेका छन्’, राउतले भने, ‘त्यही भएर षड्यन्त्र गरेर उहाँ आउँदै हुनुहुन्छ, तर, यहाँका जनताले सफल हुन दिँदैनन् ।’

राउतले बारा २ मा जनमत पार्टीकै उम्मेदवारले जित्ने दाबी गर्दै आफू पनि अवश्यकताअनुसार निर्वाचन अवधिभर बारामै बस्ने बताए । ‘यहाँका जनतालाई सीके राउतलाई भेटौ भन्नेछ । त्यसका साथै जनमत पार्टीको स्वच्छ छवि र सदनमा देखाएको सक्रियताले गर्दा पनि जित्ने लगभग निश्चित छ’, राउतले भने, ‘उपेन्द्रजी बाहिरबाट आउनुभएको छ । यहाँका जनताले यहीकै भूमिपुत्रलाई जिताउँछन् ।’साभार : रातोपाटी

Related posts

पर्सा–३ मा एमाले उम्मेदवार पाण्डेको चुनाव प्रचार गर्न उपमहासचिव योगेश भट्टराई आउँदै

MadhesKhabar

पर्साको जिल्ला प्रशासन कार्यालयमा सिडिओ अर्यालको पहलमा पहिलो पटक इजलाश कक्ष स्थापना

MadhesKhabar

संकटा क्लब वीरगन्ज गोल्डकप फुटबलको सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment