
आदर्शनगर रंगशालामा आइतबार भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई ४-० गाेलले सहजै पाखा लगाउँदै संकटाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
संकटाकाे जितमा विदेशी खेलाडी फाेफानाे फाेडेले दुई तथा समीर राई र कप्तान गणेश हमालले समान एक एक गाेल गरेका हुन् ।
पहिलाे हाफमा १-० गाेलले अग्रता बनाएकाे संकटाले दाेस्राे हाफमा तीन गाेल थपेर नतिजा ४-० ले आफ्नोे पक्षमा पारेकाे हाे ।
खेल सुरु भएको २४औं मिनेटमा संकटाका लागि पहिलो गोल गर्दै राईले सुरुवाती अग्रता दिलाएका थिए ।
७६ओैं मिनेटमा पाएकाे कर्नर किकलाई संकटाका कप्तान हमालले सदुपयाेग गर्दै आफनाे टिमकाे अग्रता दाेब्बर बनाए।यस्तै ७९ र ८७ ओैं मिनेटमा लगातार दुई गाेल गर्दै फाेडेले संकटाकाे सहज जीत सुनिश्चित गरे।
संकटाका लागि दुई गाेल गरेका फाेडे नै आइतबार भएको खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कारपनि हात पारे ।
अब फाइनल प्रवेशका लागि संकटाले झापा एफ.सी. र त्रिभुवन आर्मी फुटबल क्लबबिच मंगलबार हुने खेलको विजेता टिमको सामना गर्नेछ ।
प्रतियोगितामा सोमबारकाे खेल नेपाल पुलिस क्लब र भारत कोलकताको क्लाइभ हाउस डमडमबिच हुनेछ ।
यसअघि शनिबार भएको उद्घाटन खेलमा भारत दिल्लीको गढ्वाल डायमण्ड एफ.सी.लाई टाइबेकरमा ३–१ले पराजित गर्दै आयोजक भेट्रान सिटी क्लब वीरगन्जले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा नेपालका ६ र भारतका दुई गरी कूल आठ टिम सहभागी छन्।
वीरगन्ज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको उपाधि उपविजेता टिमलाई नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमलाई नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए ।