Madhes Khabar
स्थानिय हेडलाइन

बाराको सिम्रौनगढमा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु, ६ जना घाइते

बारा,२५असोजःबाराको सिम्रौनगढमा शनिबार माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ पानीटंकी नजिक माटो खन्ने क्रममा ढिस्को खस्दा त्यसमा पुरिएर दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिम्रौनगढ– ६ सानो इटवालकी ७० वर्षीया शारदादेवी महतो र १५ वर्षीय सुनिल महतो रहेका छन् । उनिहरुको उद्वार गरेर अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

घटनामा अरु ६ जना घाइते छन् । घाइते हुनेमा सिम्रौनगढ– ६ कै १४ वर्षीय साजन महतो, १५ वर्षीय नितेश महतो, १८ वर्षीय गौतम मुखिया, १४ वर्षीय रानीकुमारी महतो, १४ वर्षीय सुशिला कुमारी महतो र १५ वर्षीय राजाबाबु शर्मा रहेका छन् ।

घाइतेहरुको सिम्रौनगढ र कलैयास्थित अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए ।

घर लिपपोतका लागि माटो खन्ने क्रममा ढिस्को खसेको हो । घाइतेहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्वार गरिएको थियो ।

Related posts

बाराको सिम्रौनगढबाट २०१ केजी गाँजासहित पिकअप गाडीका चालक र सहचालक पक्राउ

MadhesKhabar

माइस्थानको सडकमा सवारीसाधन प्रवेशमा लगाइएको रोक हटाउन व्यपारीहरुको माग

MadhesKhabar

पाेखरियाकाे मालपाेत कार्यालयमा सिसी टिभी क्यामेराको निगरानीमा सेवा सुचारु

MadhesKhabar

Leave a Comment