Madhes Khabar
स्थानिय हेडलाइन

बाराको सिम्रौनगढमा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु, ६ जना घाइते

बारा,२५असोजःबाराको सिम्रौनगढमा शनिबार माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ पानीटंकी नजिक माटो खन्ने क्रममा ढिस्को खस्दा त्यसमा पुरिएर दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिम्रौनगढ– ६ सानो इटवालकी ७० वर्षीया शारदादेवी महतो र १५ वर्षीय सुनिल महतो रहेका छन् । उनिहरुको उद्वार गरेर अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

घटनामा अरु ६ जना घाइते छन् । घाइते हुनेमा सिम्रौनगढ– ६ कै १४ वर्षीय साजन महतो, १५ वर्षीय नितेश महतो, १८ वर्षीय गौतम मुखिया, १४ वर्षीय रानीकुमारी महतो, १४ वर्षीय सुशिला कुमारी महतो र १५ वर्षीय राजाबाबु शर्मा रहेका छन् ।

घाइतेहरुको सिम्रौनगढ र कलैयास्थित अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए ।

घर लिपपोतका लागि माटो खन्ने क्रममा ढिस्को खसेको हो । घाइतेहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्वार गरिएको थियो ।

Related posts

देउवाकाे मनाेमानी विरुद्धकाे धर्नामा पर्साका नेता कार्यकर्ता पनि सहभागी

MadhesKhabar

बाराको रिलायन्स चिनी मिलले चर्को ढुवानी भाडा लिएर ठगेको पर्साका किसानहरुको आरोप

MadhesKhabar

एसिड आक्रमणमा परेकी वीरगन्जकी चेली मुस्कान खातुन प्रचण्डको पार्टीमा प्रवेश

MadhesKhabar

Leave a Comment