काठमाडौं,११मंसिर:वीरगन्ज-२ छपकैयाकि मुस्कान खातुन प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छिन्। काठमाडौं राष्ट्रिय सभागृहमा बिहीबार आयोजित कार्यक्रममा खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी हुन् ।नेकपाका संयाेजक प्रचण्डले खातुनलाई पार्टीमा प्रवेश गराएका हुन्।
साथै, उनलाई पार्टीले केन्द्रीय समिति सदस्य पनि बनाउने निर्णय गरेको छ । नेकपाका सहसंयोजक माधव कुमार नेपालले खातुनलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको जानकारी गराए ।
मुस्कान २०७६ भदाैं २० गते एसिड आक्रमणमा परेकी थिइन् । उपचारपछि निको भएर सामाजिक क्षेत्रमा सक्रिय मुस्कानलाई अमेरिकाले अन्तर्राष्ट्रिय साहसी महिला (आई.डब्ल्यू.ओ.सी.) सम्मान प्रदान गरेको थियो ।
त्यस्तै, जसपा मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादव पनि नेकपामा प्रवेश गरेका छन् ।

