Madhes Khabar
समाज हेडलाइन

स्व.प्रताप उपाध्यायको स्मृतिमा बिर्ता माई संरक्षण समितिलाई १ लाख ५ हजार सहयोग प्रदान

वीरगन्ज,२६फागुनःवीरगन्ज–४ भगगवती टोलकी सुशीला देवी उपाध्यायले आफ्नो स्वर्गीय पति स्वर्गीय प्रताप कुमार उपाध्यायको स्मृतिमा श्री बिर्ता माई संरक्षण समितिलाई १ लाख ५ हजार ५०५ रुपैयाँ सहयोग प्रदान गरेकी छन् ।

मंगलबार उपाध्यायले श्री बिर्ता माई संरक्षण समिति अध्यक्ष जगत साह कानुलाई उक्त रकम प्रदान गरेकी हुन् । त्यसअवसरमा समितिका अध्यक्ष कानुले रकम दाता सुशीला देवी उपाध्यायलाई खादा तथा माला लगाएर सम्मान गर्दै सहयोगका लागि धन्यवाद दिए। उनले धार्मिक तथा सामाजिक कार्यका लागि गरिएको यस सहयोगले बिर्ता माई मन्दिरको संरक्षण र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

रकम हस्तान्तरण कार्यक्रममा समितिका सल्लाहकार तथा समाजसेवी प्रकाश उपाध्याय, हरि पोखरेल, मुना खनाल, प्रभु गुप्ता, राजु गुप्ता, सोनु तिवारी लगायतकाको पनि उपस्थिति रहेको थियो।

 

Related posts

बिस्कोको वार्षिकोत्सवमा आयोजित कार्यक्रममा ३० जनाले गरे रक्तदान

MadhesKhabar

रौतहटको गौर फेरि तनावग्रस्त : सेना परिचालन गरेर लगाइयो कर्फु

MadhesKhabar

वीरगन्जमा साउथ सिटी हिमाल हस्पिटलको कार्यक्रममा ४१ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment