Madhes Khabar
समाज

वीरगन्जमा साउथ सिटी हिमाल हस्पिटलको कार्यक्रममा ४१ जनाले गरे रक्तदान

वीरगन्ज,२७असारःवीरगन्जमा साउथ सिटी हिमाल हस्पिटलले आयोजना गरेको रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् ।वीरगन्ज–१५ स्थित द हिमाल नर्सिङ्ग इन्स्टिच्युटमा आयोजित रक्तदान कार्यक्रममा १२ जना महिला सहित ४१ जनाले रक्तदान गरेका हुन्।

रक्तदान गर्नेहरुमा अञ्जली यादव, प्रियांसु यादव, बनिता श्रेष्ठ, सोफिया मल्ल, अमृता थापा, विशाल साह, नुरबाबु हास्मी, कविन साह, रामबाबु मुखिया, रामुजी यादव, प्रणिस्ता न्यौपाने लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जले जनाएको छ ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सदस्य दया शंकर सिंह, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, संचारकर्मी प्रहलाद चौरसिया,रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डे, जितेन्द्र कुशवाहा, नितेश यादव लगायतकाकोपनि सहभागिता थियो ।

 

Related posts

सिएमए संघ पर्साकाे कार्यक्रममा ४० जनाले गरे रक्तदान

MadhesKhabar

पढाइपछि जागीर खोजेनन्, सीपमै आत्मनिर्भर बने : पर्साको धोरेका दीपकको प्रेरणादायी कथा……

MadhesKhabar

स्व. नरेश सर्राफ स्मृति अक्षय कोषमा पनि वीरगन्जका मेयर सिंहले दिए नगद १० लाख

MadhesKhabar

Leave a Comment