Madhes Khabar
समाज हेडलाइन

स्व. नरेश सर्राफ स्मृति अक्षय कोषमा पनि वीरगन्जका मेयर सिंहले दिए नगद १० लाख

वीरगन्ज,५ साउन :अल्पायुममै निधन भएका वीरगन्जका पत्रकार स्वर्गीय नरेश सर्राफको स्मृतिमा नेपाल पत्रकार महासंघ पर्साले स्थापना गरेको अक्षय कोषमा वीरगन्ज महानगरपालिकाले १० लाख रुपैयाँ प्रदान गरेको छ ।

शुक्रबार वीरगन्ज महानगरपालिकाको कार्यालय पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीलाई पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादव र मेयर राजेशमान सिंहले संयुक्त रुपमा १० लाख रुपैयाँको चेक प्रदान गरेका हुन् ।

शुक्रबारनै वीरगन्ज महानगरपालिकाले स्वर्गीय पत्रकार सर्राफकी छोरी श्रेया सर्राफको अध्ययन र भरणपोषणका लागि नगद ५ लाख रुपैया प्रदान गरेको छ ।

पत्रकार महासंघ पर्सा शाखाका सदस्य समेत रहेका ३८ वर्षिय सर्राफको गत मंसिर १५ गते हृदयतघात कारण निधन भएको थियो ।

सर्राफको निधन भएको १० औँ दिनको पुण्य तिथिमा गत मंसिर २५ गते आयोजित श्रद्धाञ्जली सभामा मेयर राजेशमान सिंहले गरेको घोषणा अनुसार शुक्रबार सर्राफकी छोरी श्रेयालाई ५ लाख रुपैयाँ र अक्षय कोषमा १० लाख रुपैयाँ प्रदान गरिएको हो ।

स्वर्गीय सर्राफको स्मृतिमा स्थापना गरिएको अक्षय कोषमा अहिलेसम्म रेडियो वीरगन्जले १ लाख रुपैया, समाजवादी प्रेस संगठन पर्साले १ लाख रुपैया , प्रतिनिधीसभा सदस्य यादवले पनि १ लाख रुपैया ,राष्ट्रिय भूमी आयोग पर्साका अध्यक्ष एवं जसपाका जिल्ला सचिव तबरेज अहमदले ५० हजार रुपैयाँ , नेपाल प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारीले नगद २१ हजार र पत्रकार महासंघका पूर्व मध्यमान्चल संयोजक महेश दासले नगद १० हजार रुपैया प्रदान गरेका छन् ।

Related posts

बाराबाट एकसाथ हराएका पाँच बालिका काठमाण्डौमा भेटिए

MadhesKhabar

निर्वाचन आचारसंहिता उल्लंघन गरेर भोट माग्दै मुख्यमन्त्री राउत

MadhesKhabar

बाराको सरकारी विद्यालयमा एक दम्पतीले वैैवाहिक बर्षगाँठको अवसरमा बाँडे शैक्षिक सामाग्री

MadhesKhabar

Leave a Comment