Madhes Khabar
समाज हेडलाइन

पर्साका तेश्रोलिंगीहरुको दुखेसो : बाँच्नकै लागि कतिपयलाई यौनकर्मी बन्नुपर्ने बाध्यता छ

वीरगन्ज, १३ असार : समाजले नस्वीकारकै कारण बाध्य भएर यौनपेशमा लाग्नु परेको तेश्रोलिंगीहरुले दुखेसो पोखेकेका छन् । यौनपेशामा लाग्दा प्राणघातक विभिन्न रोगको सिकारपनि बन्ने गरेको गुनासो उनिहरुको छ ।

यौनिक तथा लैंगीक अल्पसंख्यकको क्षेत्रमा काम गर्ने गैर सरकारी संस्था सहयात्री समाज नेपालका अनुसार , पर्सामा समाजमा खुलेर आएका तेश्रोलिंगीको संख्या ५ सय भन्दा बढी छ ।समाजमा खुलेर नआउनेहरुको संख्या भने अझ त्यो भन्दा बढि नै रहेको सहयात्री समाज नेपाल पर्साका कार्यक्रम संयोजक सुरज लिम्बु बताउछन् । ती मध्ये व्यवसायिक रुपमै यौनपेशामा करिब २ सयको हाराहारीमा संलग्न छ । तर हाल आफु यौनपेशामा रहेको खुलेरै बताउनेहरुको संख्या भने १०/१२ जना मात्रै रहेको लिम्बु बताउछन् ।

समाज र घरपरिवारले समेत पहिचान नस्वीकारेकाले तेश्रोलिंगीहरु जिवन गु्जारा गर्नैका लागि काम वा जागीर माग्न जाँदा तेश्रो लिंगी भएकै कारण जागीर नपाएपछि बाध्य भएर कतिपय तेश्रो लिंगीहरु यौनकर्मी बन्न बाध्य हुने गरेको तेश्रो लिंगी महिला सन्जु बताउछिन् ।उनि भन्छिन् ,‘ अझैपनि हामीलाई एक त आफनै घरपरिवारले नै स्वीकार्दैन , समाजमा पनि छक्का हिजडाँ भनेर हेला गर्छन् , बाँच्नका लागि काम गर्नुपर्ने नै हुन्छ तर जागीर माग्न जाँदा तेश्रोलिंगी भन्दै काम दिदैनन् अनि कतिपय साथीहरु बाँच्नकै लागि गलत भएपनि बाध्यर भएर यौन पेशा अगाँल्छन् ।

अर्की तेश्रो लिंगी महिला दिपिका भन्छिन् ,‘ ठूला आलीशान होटलमा हुने गोष्ठी–सेमिनारमा जसले यौन पेशा गलत हो , यसले समाज बदनाम हुन्छ , यौन पेशा छोड्नुस् , अरु काम वा जागीर गर्नुस् भनेर भाषण गर्छन् , ती भाषण गर्ने व्याक्तिकै संस्था वा फार्ममा काम माग्न जादाँ तेश्रो लिंगी भनेर जागीर नै दिदैनन् ।

सहयात्री समाजमा कार्यरत समेत रहेकी दिपिका यौन पेशामा लागेका तेश्रो लिंगीहरुलाई उक्त पेशा छाडेर अरु कुनै काम गर्न आफुहरुले निरन्तर काउन्सिलिङ गर्दै आएको बताउछिन् । ‘तर उनिहरुले कि त हामीलाई अरु कुनै काम वा जागीर खोजी देउ होइन भने बाँच्नका लागि कुनै आधार देउ भन्छन् , हामी रहरले होइन बाध्यताले यौनकर्मी बन्नु परेको पनि बताउछन्, दिपिकाले भनिन् ।

तेश्रो लिंगी महिलाहरु रहरले नभइ जिवन गुजारा गर्न अन्य विकल्प नपाएर नै यौनकर्मी बन्ने गरेको सहयात्री समाज नेपाल पर्साका संयोजक लिम्बु पनि स्वीकार्छन् । नेपालमै काठमाडौंपछि पर्सामा सबै भन्दा बढी तेश्रोलिंगीको संख्या रहेको पनि उनि सुनाउछन् ।
अधिकांश तेश्रोलिंगीहरु विभिन्न विहे, भोजभेतर जस्ता उत्सव र समारोेहमा हुने आर्केष्टा (नाँचगान) समुहमा काम गरेर जिवन गुजारा गरिरहेको लिम्बु बताउछन् । उनि भन्छन्,‘ पर्सामा समाजमा खुलेर आएका ५ सय भन्दा बढि तेश्रो लिङगी छन् , उनिहरु मध्ये ६ जनाले मात्रै सहयात्री समाजमा जागीर पाएका छन् , अरु सबै जना काम वा जागीर नपाएकाले कि त आर्केष्टामा नाँचेर जिवन गुजारा चलाइरहेका छन् , कि त बाध्य भएर कतिपय यौनकर्मी बनेका छन् ।

तेश्रो लिंगी ममता कहिलेकाँही प्रहरीबाट पनि आफुहरु दुव्र्यवहारमा पर्ने गरेको दुखेसो सुनाउछिन् । उनि भन्छिन्,‘ म यौनकर्मी होइन तर विहे भोजभतेरमा हुने आर्केष्टा नाँचेर अबेरराति घर वा डेरामा फर्किदा बाटोमा भेटिने प्रहरीले यौनकर्मी होस् भनेर गाली गर्ने , नराम्रो वचन लगाउने गर्छन् । कहिलेकाही त पक्रेर रातभर थुनेर भोलिपल्ट बिहान मात्रै छोडिदिन्छन् ।

नेपालमा तेश्रो लिंगीहरुको जिवन यापनका लागि सरकारले आजसम्म केहि नगरेको गुनासो ममताको छ । उनि भन्छिन्,‘ अहिलेसम्म् जेजति कााम भएको छ त्यो सबै विदेशी दाताले गरेका हुन् , तर नेपाल सरकारबाट हाम्रो लागि केहिपनि भएको छैन ।

समाजबाट बहिष्कृत तेश्रो लिंगीहरुलाई स्वरोजगार बनाउने उदेश्यले सहयात्री समाज नेपालले गत बैशाखमा पर्साका १४ वटै पालिकामा पुगेर सिपमुलक तालिमका लागि ज्ञापनपत्र बुझाएको जानकारी लिम्बुले दिए । उनले भने,‘ तर पालिकाहरुबाट अहिलेसम्म त्यसको कुनै जवाफ आएको छैन ।सिपमुलक तालिम पाएमा तेश्रोलिंगीहरु काम वा जागीरका लागि अन्यत्र धाउनु पर्ने वा गलत पेशामा लाग्नु पर्ने बाध्यताको अन्त्य हुने विश्वास आफुहरुले लिएको लिम्बु बताउछन् ।

यौनपेशामा लाग्दा तेश्रोलिंगीहरु प्राणघातक विभिन्न रोगको सिकारपनि भइरहेको लिम्बु बताउछन् ।उनका अनुसा, पर्सा जिल्लामा एचआइभी एड्सबाट संक्रमित भइ नियमित औषधी सेवन गर्नेको संख्या ६ सय भन्दा बढि छ , ती मध्ये तेश्रो लिंगीको संख्या मात्रै १ सय छ । उनका अनुसार, पर्सामा यौनकर्मी पुरुषको संख्या ५० जना रहेको छ ।

Related posts

पर्साका दलितबस्तीमा सञ्चालित निःशुल्क ट्यसुन कक्षाका बालबालिकालाई विभिन्न सामग्री सहयोग

MadhesKhabar

सीए पढ्न अब काठमाडौं जानु पर्दैन, वीरगन्जमै खुल्यो ‘गुरुकुल सीए कलेज’

MadhesKhabar

बारामा ८ वर्षीया बालिकामाथि सामुहिक बलात्कार, नातामा काका पर्नेसहित ७ जना पक्राउ

MadhesKhabar

Leave a Comment