Madhes Khabar
शिक्षा हेडलाइन

पर्साका दलितबस्तीमा सञ्चालित निःशुल्क ट्यसुन कक्षाका बालबालिकालाई विभिन्न सामग्री सहयोग

वीरगन्ज,१२पुसःपर्साका विभिन्न दलितवस्तीमा सञ्चालित निःशुल्क ट्युसन कक्षामा पढ्ने १ हजार दलित बालबालिकाका लागि बोधिसत्वा बिहार बुढानिलकण्ठ काठमाडौंले विभिन्न सामग्री सहयोग गरेको छ ।

फिस फर दलित फाउन्डेसन पर्साले जिल्लाका चार स्थानका दलित वस्तीमा सञ्चालन गरेको सामुदायिक निःशुल्क ट्युसन कक्षा तथा सिकाई सुधार केन्द्रमा हाल १ हजार बढी दलित बालबालिका अध्ययनरत छन् ।

उनिहरुका लागि डाक्टर पियारत्न महर्जनको सहजीकरण र पिस फोर दलितस फाउन्डेसन नेपाल पर्साको पहलमा बोधिसत्वा बिहार बुढानिलकण्ठले प्लाष्टिकको कुर्सी, टेबल,भुंइमा ओछ्याएर बस्ने चकटी, कापी,कलम, च्याउच्याउ लगायतका सामग्री प्रदान गरेको हो ।दलितवस्तीमा पुगेर डा. महर्जनसहितको टोलीले दलित बालबालिकाहरुलाई ती सामग्री हस्तान्तरण गरेको फिस फोर दलित फाउन्डेसन पर्साका अध्यक्ष मनोज रामले जानकारी दिए ।

त्यसअवसरमा अध्यक्ष रामले बोधिसत्वा बिहार बुढानिलकण्ठ र समाजसेवी डा. महर्जनको सहयोगले दलितवस्तीमा सञ्चालित निःशुल्क ट्युसन कक्षाको व्यवस्थापनमा अझ सहयोग पुग्ने र अध्ययनरत बालबालिकालाई पनि धेरै राहत हुने बताए ।

अध्यक्ष रामका अनुसार, विद्यालय शिक्षाको पहुच्बाट बञ्चित दलित समुदायका बालबालिकाले फाउन्डेसनले सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर३ कौवाबनको मुसहर बस्ती,त्यहि वडामा पर्ने कटैयाको दलित बस्ती , वडा नम्बर ५ महुवन गाउँको दलित बस्ती र वीरगन्ज महानगरपालिका वडा नम्बर १९ केहुनियाको दलितबस्तीमा गरी चार स्थानमा सामुदायिक निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्दै आइरहेको छ ।

पर्सामा अहिले पनि दलित बालबालिकाहरुले विद्यालय छोडने दर उच्च रहेकोे छ, दलितहरु प्रायः ज्याला मजदुरीमै रहेका कारण उनिहरुका बालबालिकाहरु गरिबीको बहानाले विद्यालय बीचमै छोड्ने गरेको जस्ता कारणले बालबालबालिकाहरु विद्यालय शिक्षाबाट बञ्चित हुने गरेको अध्यक्ष रामले बताए । त्यसैका कारण फाउन्डेसनले दलितबस्तीहरुमै सामुदायिक निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्दै आएको उनले बताए ।

सामुदायिक निःशुल्क ट्युसन कक्षामा सामग्री हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका कार्यकारिणी निर्देशक प्रमानन्द राम, सचिव दीपेन्द्र राम, सदस्य सुरेन्द्र पासावान, सन्जोग राम, विनोद राम लगायतकाको पनि उपस्थिती थियो ।

Related posts

प्रहरी दिवसमा छपकैयाको विधालयका ११६ विधार्थीलाई स्कुल ब्याग वितरण

MadhesKhabar

एसईईमा पर्साका ९४ प्रतिशत विद्यार्थी फेल, ४ जिपिए एक जनाको पनि आएन

MadhesKhabar

एक्सेल कलेजमा वीरगन्ज महानगरपालिकाले गर्याे सिलबन्दी

MadhesKhabar

Leave a Comment