Madhes Khabar
स्थानिय हेडलाइन

सरस्वती पुजाको नाममा चन्दा नलिन र लिएको भए तत्काल फिर्ता गर्न निजी विधालयलाई वीरगन्ज महानगरको निर्देशन

मधेसखबर
वीरगन्ज,१०माघ : वीरगन्ज महानगरपालिकाले सरस्वती पुजाको नाममा विधार्थीबाट चन्दा नलिन निर्देशन दिएको छ ।

महानगरमा रहेका निजी विद्यालयहरुले सरस्वती पूजा मनाउने नाममा विधार्थीहरुबाट मनलाग्दी ढंगले चन्दा भन्दै रकम असुल्न थालेको जनगुनासो आएपछि मंगलबार वीरगन्ज महानगरपालिकाको कार्यालयले एक सूचना जारी गर्दै त्यसो नगर्न निर्देशन दिएको हो ।यदि कुनै विद्यालयले सरस्वती पूजाको नाममा विधार्थीबाट चन्दा वा शुल्क लिएको भए तत्काल फिर्ता गर्न पनि महानगरले निर्देशन दिएको छ ।

महानगरका निजी विद्यालयहरुले सरस्वती पूजाको नाममा चन्दा संकलन गरिरहेको भनि यस कार्यालयमा लिखित तथा मौखीक उजुरी परेकाले शिक्षा ऐन तथा नियममावलीले तोके बाहेकको कुनै पनि शीर्षक वा बहानामा चन्दा तथा शुल्क उठाउने तत्काल रोक्न र लिइसकेको भए अविलम्ब फिर्ता गर्न अनुरोध गरिन्छ – महानगरको सुचनामा उल्लेख छ ।

वीरगन्जमा रहेका अधिकांश निजी विद्यालयले सरस्वती पूजा मनाउनका लागि विधार्थीहरुबाट जनही १ देखि पाँच सय रुपैया असुली गरेको भन्दै तीन दिन अभि अभिभावक संघ पर्साले एक विज्ञप्ति जारी गर्दै महानगर पालिकाको ध्यानाकर्षण गराएको थियो ।

संघका अध्यक्ष सन्दिप साहका अनुसार , सरस्वती पूजाका नाममा जीएचपी स्कुलले प्रति विद्यार्थी १ सय २० रुपैयाँ, ज्ञानज्योती माविले २ सय रुपैया , गोल्डेन फ्युचर माविले ४ सय रुपैया, ओम नेशनल एकाडेमीले १ सय २० रुपैया , एन्जल एकाडेमीले २ सय रुपैया, जेम्स स्कुल अफ डकैला बहुअरीले २ सय रुपैया, मेरिगोल्ड माविले एक सय ५० रुपैया असुलेको थियो ।

नजिी विद्यादयले सरस्वती पूजामा १० रुपैयाँको प्रसाद दिएर चन्दामा १ सय देखि ५ सय रुपैया चन्दा असुली गरेर पूजाको बहानामा व्यपार गरिरहेको अध्यक्ष साहको आरोप छ ।

 

Related posts

सडक फराकिलो पार्न बिन्दवासिनीमा पनि चल्याे डोजर

MadhesKhabar

बारा:सार्वजनिक स्थानमा डिजे नबजाउन प्रहरीको अनुराेध,अटेर गरे कारबाही गर्ने चेतावनी

MadhesKhabar

लामखुट्टे नियन्त्रणका लागि वीरगन्ज महानगरका ३२ वटै वडामा विषादी छर्कन सुरु

MadhesKhabar

Leave a Comment