Madhes Khabar
समाचार हेडलाइन

पशुपति गौशाला धर्मशालामाथिको हस्तक्षेप रोक्न वीरगन्जमा पनि मारवाडी समुदायको प्रदर्शन

वीरगन्ज,२९असोजःकाठमाडौंमा रहेको पशुपति गौशाला धर्मशालामा पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाको हस्तक्षेप रोक्न माग गर्दै वीरगन्जका मारवाडी समुदायले वीरगन्जमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

मारवाडी समुदाय सम्बद्ध विभिन्न संघसंगठनहरुले मंगलबार वीरगन्जमा शान्तिपूर्ण जुलुश निकालेर प्रदर्शन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रपनि बुझाएका छन्।मारवाडी समाज सेवक संघ,मारवाडी सेवा ट्रष्ट,टिबडेवाल धमार्थ ट्रष्ट,वीरगन्ज–जीतपुर गौशाला,जैन श्वेताम्भर सभा र महेश्वरी समाज वीरगन्जले संयुक्त रुपमा आदर्शनगरस्थित राणीसती धर्मशालाबाट शान्तिपूर्ण जुलुश निकालेर जिल्ल प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

उक्त ज्ञापनपत्रमा भनिएको छ –अदालतबाट मुद्धाको अन्तिम किनारा नलागेकै अवस्थामा पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशाला मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई सञ्चालन दिने कार्यको भत्र्सना गर्दछौ ।साथै काठमाडौं महानगरपालिकाले गुण्डागर्दी शैलीमा पशुपति गौशाला धर्मशाला कब्जा गर्न गएकोमा घोर भत्र्सना गर्छौ । पशुपति गौशाला धर्मशाला माथिको आक्रमण मारवाडी समुदाय माथि मात्रै नभएको भन्दै यो हिन्दुहरूको आराध्य देव भगवान् पशुपतिनाथसँग सम्बन्धित पवित्र भूमि माथिको आक्रमण भएको ठहर छ ।

विश्वभरबाट आउने हिन्दु श्रद्धालुहरूको बसोबास र भोजनको व्यवस्थापनसँगै गौशालामा गो पालन हुँदै गरेको र झन्डै एक सय जना मिर्गौला रोगी को निःशुल्क डाइलेसिस भइरहेको अवस्थामा उक्त भवनलाई प्रचलित कानून तथा विभिन्न समयमा भएको सम्झौता विपरीत काठमाडौं महानगरपालिकालाई सञ्चालनको जिम्मा दिएर पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवले भूमाफियाबाट ठुलो आर्थिक लाभ प्राप्त गरेको आरोपपनि मारवाडी समुदायले लगाएका छन् ।मारवाडी सेवा समितिले नै धर्मशालाको सञ्चालन गर्न पाउनु पर्ने तथा पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाको गैरकानूनी हस्तक्षेप रोक्नु पर्ने माग उनिहरुको छ ।

Related posts

वीरगन्ज उर्फ गुलमोहरगन्ज

MadhesKhabar

अरिंगालकाे टाेकाइबाट आमा-छाेरीकाे मृत्यु

MadhesKhabar

बेचविखनमा परेकाहरुको उद्दार तथा फिर्तीमा कठीनाईः सरोकारवालाको भनाई

MadhesKhabar

Leave a Comment