Madhes Khabar
खेलकुद हेडलाइन

गु्ल्शन झाको विस्फोटक व्याटिङ, २० बलमै हाने अर्धशतक

काठमाडौं,१९कार्तिकः टि–२० विश्वकप छनोटको फाइनलमा नेपालका गुल्शन झाले अविस्मरणीय पारी खेलेका छन् ।

ओमान विरुद्धको जारी खेलमा संकटको अवस्थामा रहेको नेपाललाई खेलमा फर्काउँदै झाले विष्फोटक अर्धसतक बनाएका छन् ।

गुल्शनले २० बलमा ४ छक्का र ५ छक्कासहित अर्धसतक पूरा गरेका हुन् । झाले अर्धशतक पूरा गर्दा नेपालले १६ ओभरमा ४ विकेटको क्षतिमा १२७ रन जोडेको छ।अर्को इन्डबाट कप्तान रोहित पौडेलले उनलाई साथ दिइरहेका छन् ।

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ८ ओभर नसकिदै महत्वपूर्ण ३ विकेट गुमायो। ओपनिङ ब्याटर आसिफ शेख तेस्रो ओभरमा विलाल खानको बलमा ६ रनमा क्याच भए।

सातौं ओभरमा सन्दीप जोरा १० रनमा जीशन मक्सुदबाट बोल्ड भए। आठौं ओभरको पहिलो बलमा नेपालले ओपनर कुशल भुर्तेललाई ३१ रनमा गुमायो। अकिब इल्यासको बलमा क्याच हुनुअघि उनले २२ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

Related posts

चिकित्सक संघ नारायणीको अध्यक्षमा डाक्टर मनोज गुप्ता निर्वाचित

MadhesKhabar

सिम्रौनगढमा हावाहुरी र असिनापानीले नष्ट पारेको बालीको क्षतिपुर्ती नपाएपछि किसानहरु आन्दोलित

MadhesKhabar

पटेर्वा सुगौली गाँउपालिकाका विधालयहरु एक हप्ता बन्द हुने

MadhesKhabar

Leave a Comment