Madhes Khabar
खेलकुद

मैत्रीपुर्ण खेलमा पत्रकार महासंघ पर्सा विजयी

वीरगन्ज,५फाल्गुन:वीरगन्जमा शनबार भएकाे मैत्रीपूर्ण क्रिकेट खेलमा नेपाल पत्रकार महासंघ पर्सा विजयी भएकाे छ।

वीरगन्जको ज्ञानदा स्कुलको १० औं बार्षिक उत्सवको अवसरमा आयोजित मैत्रीपुर्ण क्रीकेट खेलमा नेपाल पत्रकार महासंघ पर्साले ज्ञानदा स्कुललाई ३९ रनले हराएको हाे ।

१०७ रनकाे लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको ज्ञानदा स्कुलले निर्धारित १२ ओभरमा ९ विकेटको क्षतिमा ६७ रनमात्र बनाएपछि खेल पत्रकार महासंघले ३९ रनले जितेको हो । ज्ञानदाका लागि बिनित लोहियाले १८ बलमा १७ रन बनाए ।

ज्ञानदा स्कुलकै खेल मैदानमा भएकाे खेलमा पहिले ब्याटिङ गरेको नेपाल पत्रकार महासंघ पर्साले १२ ओभरमा ६ विकेटको क्षतीमा १०६ रन बनाएको थियो।पत्रकार महासंघका लागि सदाम हुसेनले ११ बलमा ३० रन बनाएका थिए ।

खेलमा पत्रकारको टोलीको नेतृत्व पत्रकार महासं पर्सा शाखाका अध्यक्ष अनुप तिवारी र ज्ञानदा स्कुलको नेतृत्व राजेन्द्र कोइरालाले गरेका थिए ।

Related posts

आइपिएलमा चेन्नइकाे लगातार दाेस्राे जीत

MadhesKhabar

हेटाैंडालाई हराउँदै वीरगन्जकाे एनआई कलेज फाइनलमा

MadhesKhabar

आईपीएलमा आज लखनउसंग भिड्दै मुम्बई

MadhesKhabar

Leave a Comment