Madhes Khabar
खेलकुद

नेपालले श्रीलंकालाई हरायाे

काठमाडाैं,७असाेज:१७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले श्रीलंकालाई हराएको छ ।

भुटानको चाङलिमिथाङ स्टेडियममा साेमबार भएको खेलमा नेपालले श्रीलंकालाई ४–० गोलले हराएकाे हाे । नेपालका लागि सुजन डङ्गोलले ह्याट्रिक तथा विज्ञान खड्काले एक गोल गरे ।

जारी प्रतियाेगितामम नेपाल आफ्नाे पहिलो खेलमा पाकिस्तानसँग १–० गोलले पराजित भएको थियो ।

समूह ‘बी’ रहेको नेपालले अब समूह चरणको अन्तिम खेलमा बुधबार घरेलु टोली भुटानसँग खेल्नेछ । समूह ‘ए’ मा भारत, माल्दिभ्स र बङ्गलादेश छन् । प्रतियोगितामा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेल असोज १२ गते शनिबार र फाइनल खेल असोज १४ गते सोमबार हुनेछ ।

Related posts

वीरगन्जमा आयोजित म्याराथन दौड प्रतियोगिताको उपाधि बाराका यादवले जिते

MadhesKhabar

यू-१९ विश्वकप क्रिकेट : नेपाल भारतसंग १३२ रनले पराजित

MadhesKhabar

टी-२० विश्वकपकाे पहिलाे खेलमै नेपाल नेदरल्यान्डससंग हार्याे

MadhesKhabar

Leave a Comment