काठमाडौं,२७माघ: बीसीसीआईले इंग्ल्याण्ड विरुद्धको अन्तिम तीन टेस्टका लागि १७ सदस्यीय भारतीय टोलीको घोषणा गरेको छ । यो टोलीमा विराट कोहली रहने छैनन् । बीसीसीआईका अनुसार विराट कोहली व्यक्तिगत कारणले उपस्थित नहुने भएका हुन् ।
यसबाहेक रविन्द्र जडेजा र केएल राहुललाई मेडिकल टिमबाट फिटनेस क्लियरेन्सपछि मात्रै टाेलीमा समावेश गरिनेछ । आकाशदीपले भने टोलीमा मौका पाएका छन् ।
बीसीसीआईका अनुसार टोलीमा रोहित शर्मा (कप्तान), जसप्रित बुमराह (उपकप्तान), यशस्वि जैसवाल, शुभमन गिल, केएल राहुल, रजत पाटीदार, सरफराज खान, ध्रुव जुरेल (विकेटकिपर), केएस भरत (विकेटकिपर), आर अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, मोहम्मद सिराज, मुकेश कुमार, आकाशदीप समावेश गरिएका छन् ।
तेस्रो टेस्ट फेब्रुअरी १५ बाट गुजरातको राजकोटमा सुरु हुनेछ भने चौथो टेस्ट फेब्रुअरी २३ मा राँचीमा र पाँचौँ र अन्तिम टेस्ट मार्च ७ मा हिमाचलको धर्मशालामा खेलिनेछ ।साभार:राताेपाटीबाट

