Madhes Khabar
खेलकुद

नेपाल एलाई हराउँदै क्यानडा–११ ले जित्यो एक दिवसीय सिरिज

काठमाडौं,१०फाल्गुनः नेपाल एविरुद्धको सिरिज क्यानडा–११ ले जितेको छ। मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको निर्णायक खेलमा क्यानडा–११ ले नेपाल एलाई ४ विकेटले हराएको हो।जितसंगै एक दिवसीय सिरिज क्यानडा–११ ले २–१ ले जितेको हो।

पहिलो खेलमा क्यानडा–११ ले नेपाल एलाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल ए २ विकेटले विजयी भएको थियो।

बिहीबार भएको निर्णायक खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल एले ४७ ओभरलमा अलआउट हुँदै १८१ रनमात्र बनाउन सक्यो। नेपालका लागि सन्दीप जोराले २४, अर्जुन कुमालले २७, बसिर अहमदले २५, अशुतोस घिरैयाले २८, प्रतिश जिसीले १९, रसिद खानले १९ र सुजन थपलियाले २० रन बनाए।

 

१८२ रनको लक्ष्य पछ्याएको क्यानडा–११ ले ३८.५ ओभरमा ६ विकेट गुमाएर जित सुनिश्चित गरेको थियो। क्यानडा–११ का लागि निकोलसले सर्वाधिक ५८ रन बनाए। त्यस्तै नवनितले ३८ र आरोजले ३६ रन बनाए।

Related posts

वीरगन्जलाई सडन डेथमा स्तब्ध पार्दै पुलिस फाइनलमा

MadhesKhabar

भारतलाई हराउँदै पाकिस्तान बन्याे च्याम्पियन

MadhesKhabar

सोहेलको उत्कृष्ट स्पेलमा काठमाडौं १११ रनमै समेटियो

MadhesKhabar

Leave a Comment