Madhes Khabar
खेलकुद

वीरगन्जलाई सडन डेथमा स्तब्ध पार्दै पुलिस फाइनलमा

वीरगन्ज,२१फागुनः साविक विजेता नेपाल पुलिस क्लब,दोस्रो वीरगन्ज गोल्डकप फुटबलको फाइननलमा प्रवेश गरेको छ । आदर्शनगर रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टोली वीरगन्ज वीरगन्ज युनाइटेड क्लबलाई सडन डेथमा स्तब्ध पार्दै पुलिस फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेल र त्यसपछिको टाइबेकर दुवैमा बराबरी भएपछि सडन डेथमा वीरगन्जलाई स्तब्ध पार्दै पुलिसले फाइनलको यात्रा तय गरेको हो ।

सडन डेथमा पुलिसका शीशीर चौधरी,नीरज खड्का,प्रज्वल चौधरी र सोनिल तमाङले गोल गरे । वीरगन्जका लागि भने अजित चौधरी,बिक्रम थोकर,प्रमिजय गच्छेदारले गोल गर्दा विवेक चौधरीको प्रहार गोलपोष्टको बार माथिबाट बाहिर गएपछि वीरगन्ज पुलिससंग स्तब्ध बन्यो ।

त्यसअघि टाइबेकर भने ३–३ को बराबरीमा सकिएको थियो । टाइबेकरमा पुलिसका लागि कप्तान रामचन्द्र वाजी,गोलरक्षक अमित टमाटा र विवेक पाण्डेले गोल गरेका थिए भने उज्वल राईको प्रहार गोलपोष्टको बारमाथिबाट बाहिरिन गएको थियो ।यस्तै सन्जिव लामाको प्रहार भने वीरगन्जका गोलरक्षकले रोकेर असफल पारिदिएका थिए ।

यसैगरी टाइबेकरमा वीरगन्जका लागि आशा गु्रुङ,कप्तान शीशष थापा र कृपाकान्त महत्तोले गोल गरे भने शान्त बहादुर गुरुङको प्रहार पुलिसका गोल रक्षक अमित टमाटाले रोकेर असफल बनाएका थिए भने विदेशी खेलाडी बाफरको प्रहार गोलपोष्टको माथिल्लो बारमा लागेर फर्किएको थियोे ।

बुधबारको खेलको म्यान अफ दी म्याच पुलिसका गोलरक्षक अमित टमाटा घोषित भए । उनलाई नगद १० हजार रुपैयाँ र ट्रफी प्रदान गरियो ।

प्रतियोगिताको दोश्रो तथा अन्तिम सेमिफाइनल खेल बिहीबार मच्छिन्द्र फुटबल क्लब काठमाडौं र सलहेश फुटबल क्लब सिरहाबीच हुनेछ ।

भेट्रान सिटी क्लब वीरगन्जले आयोजना गरेको प्रतियोगिता फागुन २४ गतेसम्म चल्नेछ।प्रतियोगिताको उपाधि विजेता टिमले नगद ११ लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेता टिमले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

 

Related posts

एनपीएलको प्रत्यक्ष प्रसारण भारतीय टिभी च्यानल `स्टार स्पोर्ट्स´बाट हुने

MadhesKhabar

महिला टि–२० सिरिज खेल्न नेपाली टोली हङकङ प्रस्थान

MadhesKhabar

तेश्रो टी–२० क्रिकेटमा नेपाल वेस्ट इन्डिज ‘ए’ संग पराजित

MadhesKhabar

Leave a Comment