काठमाडौं,३०कार्तिक : नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय टेलिभिजन स्टार स्पोर्ट्ससंग प्रत्यक्ष प्रसारणका लागि सम्झौता गरेको क्यानका सचिव पारस खड्काले बताए ।
यस्तै सिद्धार्थ बैंकसंग ५ वर्षको लागि टाइटल स्पोन्सरको सम्झौतापनि भएको उनले बताए। यद्यपि सम्झौता रकमबारे उनले खुलाउन चाहेनन्। ‘टाइटल स्पोन्सरका लागि रेकर्ड ब्रेक लगानी भएको छ। ५ वर्षको लगानी हुनु भनेकै हाम्रो लागि ठूलो हो,’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने।
स्टार स्पोर्ट्समा प्रसारण नगरेसम्म विश्वका ठूल्ठूला क्रिकेटरलाई नेपालमा ल्याएर खेलाउन सम्भव नरहेको उनको भनाइ छ।साभार:अन्नपूर्ण पाेष्ट

