वीरगन्ज,२३असोजः भारतमा जारीआईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत मंगलबार भएको पहिलो खेलमा इंग्ल्याण्डले बंगलादेशलाई १ सय ३७ रनले पराजित गरेको छ । इंग्ल्याण्डले दिएको ३ सय ६५ रनको लक्ष्य पछ्याएको बंगलादेश ४८ ओभर दुई बलको खेल सकिदा २ सय ७२ रन बनाएर अलआउट भएपछि खेल इंग्ल्याण्डले जितेको हो ।
बंगलादेशका लागि लिटन दासले सर्वाधिक ७६ रन र मुस्फिकुर रहिमले ५१ रन बनाए । इंग्ल्याण्डका रेस टोप्लेले सर्वाधिक ४ विकेट लिए । त्यस अघि धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ६४ रन बनाएकाृ थियो ।
इंग्ल्याण्डका डेविड मलानले १ सय ४०, जोय रुटले ८२ र जोनी ब्रेस्टोले ५२ रन बनाए । बंगलादेशका मेहदी हसनले चार र शोरिफुल अहमदले तीन विकेट लिए । पहिलो खेलमा बंगलादेशले अफगानिस्तानलाई हराएको थियो भने इंग्ल्याण्ड न्युजिल्याण्डसँग पराजित भएको थियो ।

