Madhes Khabar
खेलकुद हेडलाइन

विश्वकप क्रिकेटमा बंगलादेश इंग्ल्याण्डसँग १ सय ३७ रनले पराजित

 

वीरगन्ज,२३असोजः भारतमा जारीआईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत मंगलबार भएको पहिलो खेलमा इंग्ल्याण्डले बंगलादेशलाई १ सय ३७ रनले पराजित गरेको छ । इंग्ल्याण्डले दिएको ३ सय ६५ रनको लक्ष्य पछ्याएको बंगलादेश ४८ ओभर दुई बलको खेल सकिदा २ सय ७२ रन बनाएर अलआउट भएपछि खेल इंग्ल्याण्डले जितेको हो ।

बंगलादेशका लागि लिटन दासले सर्वाधिक ७६ रन र मुस्फिकुर रहिमले ५१ रन बनाए । इंग्ल्याण्डका रेस टोप्लेले सर्वाधिक ४ विकेट लिए । त्यस अघि धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ६४ रन बनाएकाृ थियो ।

इंग्ल्याण्डका डेविड मलानले १ सय ४०, जोय रुटले ८२ र जोनी ब्रेस्टोले ५२ रन बनाए । बंगलादेशका मेहदी हसनले चार र शोरिफुल अहमदले तीन विकेट लिए । पहिलो खेलमा बंगलादेशले अफगानिस्तानलाई हराएको थियो भने इंग्ल्याण्ड न्युजिल्याण्डसँग पराजित भएको थियो ।

Related posts

मधेस प्रदेशमा सबैभन्दा बढी एचआईभी एड्सका संक्रमित पर्सा जिल्लामा

MadhesKhabar

निजगढमा विमानस्थल बन्छ : नवनियुक्त पर्यटन मन्त्री किराँती

MadhesKhabar

सिर्सिया नदी प्रदुषित गर्ने उद्योगहरुलाई वीरगन्ज महानगरद्धारा १५ लाख जरीवाना

MadhesKhabar

Leave a Comment