Madhes Khabar
पर्यटन हेडलाइन

निजगढमा विमानस्थल बन्छ : नवनियुक्त पर्यटन मन्त्री किराँती

काठमाडौं , ०३ माघ : नवनियुक्त पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणलाई अगाडि बढाउने बताएका छन् ।

मंगलबार पर्यटन मन्त्रालयमा पदबहाली गर्दै ममन्त्री किराँतीले तीब्र गतिमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माण अगाडि बढाउने बताए । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल गेम चेन्जर भएको भन्दै उनले निजगढमा विमानस्थल बन्ने ठोकुवा पनि गरे ।

नेपाल वायुसेवा निगमको सुधार बाघको घोडा चढ्नु जस्तै भएको उनले बताए । ‘निगमको सुधार बाघको घोडा चढ्नु जस्तै हो, तर, म त्यो आँट गर्छु,’ उनले भने, ‘सुधारबारे छलफल अघि बढाउँछौं । विज्ञ, मन्त्रालय र जनतासँग सोधेर यसबारे निर्णय पनि लिन्छौं ।’ साभारः अनलाइनखबर

Related posts

सखुवाप्रसाैनीमा एमाले अध्यक्ष ओलीलाई ५२ किलाेकाे मालाले गरियाे स्वागत

MadhesKhabar

जानकीटोलामा आयोजित निशुल्क शिविरमा २१५ जनाको आँखा परिक्षण

MadhesKhabar

नवरात्रको पाँचौं दिन आज स्कन्दमाताको पूजा गरिँदै

MadhesKhabar

Leave a Comment