
काठमाडौं , ०३ माघ : नवनियुक्त पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणलाई अगाडि बढाउने बताएका छन् ।
मंगलबार पर्यटन मन्त्रालयमा पदबहाली गर्दै ममन्त्री किराँतीले तीब्र गतिमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माण अगाडि बढाउने बताए । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल गेम चेन्जर भएको भन्दै उनले निजगढमा विमानस्थल बन्ने ठोकुवा पनि गरे ।
नेपाल वायुसेवा निगमको सुधार बाघको घोडा चढ्नु जस्तै भएको उनले बताए । ‘निगमको सुधार बाघको घोडा चढ्नु जस्तै हो, तर, म त्यो आँट गर्छु,’ उनले भने, ‘सुधारबारे छलफल अघि बढाउँछौं । विज्ञ, मन्त्रालय र जनतासँग सोधेर यसबारे निर्णय पनि लिन्छौं ।’ साभारः अनलाइनखबर

