Madhes Khabar
स्वास्थ्य हेडलाइन

जानकीटोलामा आयोजित निशुल्क शिविरमा २१५ जनाको आँखा परिक्षण

मधेसखबर
वीरगन्ज,२८माघ : पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर २ जानकीटोलामा शनिबार आयोजित निशुल्क आँखा परिक्षण शिविरमा २१५ जनाको आँखा चेकजाँच गरिएको छ ।

दाइजो एंव सामाजिक कुरिति विरुद्ध जागरण मन्च र देवीमाइ पूजा समितिको संयुक्त आयोजनामा भएको शिविरमा दृष्टि आँखा अस्पताल एण्ड रेटिना सेन्टर वीरगन्जका स्वास्थ्यकर्मीहरुले स्थानीयको आँखा चेकजाँच गरेका थिए ।

शिविरमा आाँखा जचाएका २१५ जना मध्ये ५७ जनामा मोतिया विन्दुको समस्या भेटिएको डाक्टर अर्चना केशरीले जानकारी दिइन् । उनिहरुको आगामी बुधबार दृष्टि आँखा अस्पताल एण्ड रेटिना सेन्टरमा विशेष छुट सहित शल्यकृया गरिने दाइजो एंव सामाजिक कुरिति विरुद्ध जागरण मन्चका अध्यक्ष बृजेश्वर प्रसाद चौधरीले जानकारी दिए ।

समाजसेवी कृष्णमोहन यादवको अध्यक्षता उंव वडा अध्यक्ष नेपाली प्रसाद कुशवाहाको प्रमुख आतिथ्यतामा भएको निशुल्क आँखा शिविरमा मनोज महत्तो केवट , जयप्रकाश महतो केवट ,समसुल हक मियाँ, सन्जय चौधरी, शिवशंकर यादव,सुभाष यादव,सारदा देवी,शीवजी साह लगायतको पनि उपस्थिती रहेको थियो ।

Related posts

कर्मचारी अभावले कृषि ज्ञान केन्द्र पर्साको सेवा प्रभावित

MadhesKhabar

पर्सा क्रिकेट संघको अध्यक्षमा मनिष सिंह सर्वसम्मत चयन

MadhesKhabar

गु्ल्शन झाको विस्फोटक व्याटिङ, २० बलमै हाने अर्धशतक

MadhesKhabar

Leave a Comment