Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

अयोध्याको राम मन्दिरमा भयो रामललाकाे प्राण प्रतिष्ठा

काठमाडौं,८माघ:भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरमा साेमबार भगवान रामललाकाे मुर्तिकाे प्राण प्रतिष्ठा गरिएको छ।

उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिरमा सोमबार दिउँसो १२ बजेर २९ मिनेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजा गरेर प्राण प्रतिष्ठा गरेका हुन्।

सन् २०२० अगष्ट ५ मा प्रधानमन्त्री मोदीले उक्त मन्दिरको शिलान्यास गरेका थिए।

राम मन्दिर निर्माण गरिएको स्थान लामो समयदेखि विवादित थियो। मुस्लिम समुदायले उक्त स्थानमा भत्काइएको बाबरी मस्जिद बनाउनुपर्ने बताउँदै आएका थिए।

सन् २०१९ मा सर्वोच्च अदालतले सो ठाउँमा राम मन्दिर बनाउन आदेश दिएपछि मन्दिरको शिलान्यास भएको थियो।

सोमबार मन्दिर उद्घाटन हुँदा पनि सम्पूर्ण रूपमा बनिनसकेको र मन्दिर नबन्दै प्राण प्रतिष्ठा गर्न नहुने महन्थहरूले बताउँदै आएका थिए।

मन्दिर बनिसक्न अझै एक वर्ष लाग्ने भातरीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्राण प्रतिष्ठाका बेला भारतभर सार्वजनिक बिदा दिइएको छ। नेपालका पनि वीरगन्ज, जनकपुरसहित सीमावर्ती क्षेत्रका शहरमा साेमबार हर्षाेल्लाशकासाथ राम उत्सव मनाइदैछ। कतिपय पालिकाले बिदा दिएका छन् भने माछामासु बिक्री वितरणमा रोक लगाइएको छ।

Related posts

पर्सामा हैजाविरुद्धको खोप अभियानमा ९० प्रतिशत सफलता

MadhesKhabar

वीरगन्जको भवानीपुरमा नवनिर्मित बर्थिङ सेन्टरमा २४ सै घण्टा प्रसूती सेवा सञ्चालन

MadhesKhabar

एमाले उम्मेदवार प्रदीप यादवलाई समर्थन जनाउँदै वीरगन्ज–३२ का वडाध्यक्ष रियाज एमालेमा प्रवेश

MadhesKhabar

Leave a Comment